scheduleशुक्रवार श्रावण ३० गते, २०७७

साना खानले ब्रेकअपको कारण खोलिन्, पूर्वप्रेमीलाई यस्तोसम्म गाली

एजेन्सी, १ फाल्गुन । ‘बिग बोस’ मा यसअघि प्रतिस्पर्धा गरेकी अभिनेत्री साना खानले आफ्ना प्रेमी कोरियग्राफर मेलभिन लुइससँग ‘ब्रेक अप’ हुनुको कारणबारे मुख खोलेकी छन् ।

सानाले टाइम्स अफ इन्डियासँगको एक अन्तर्वातामा लुइसलाई छोड्नुको कारण बताएकी हुन् । उनले उक्त अन्तर्वाताको एक क्लिप आफ्नो इन्स्टाग्राममा पनि शेयर गरेकी छन् ।

सानाले इन्स्टाग्राममा शेयर गरेको पोष्टमा लामो क्याप्सन पनि लेखेकी छन् । ‘यो पहिलो पटक हो र मैले निकै साहस गरेर सत्य बोलेकी छु’, उनले लेखेकी छन्, ‘किनभने यो सम्बन्धमा धेरैले विश्वास गरेका थिए, धेरैले सम्मान र माया दर्शाएका थिए तर मैले जहाँबाट विश्वास, सम्मान र माया पाउनुपर्ने थियो त्यहाबाट पाउन सकिनँ ।’

‘यो केटा फोहोर हो र ऊ घृणायोग्य छ तर यो कुरा थाहा पाउन मलाई १ वर्ष लाग्यो किनभने उसलाई मैले आँखा चिम्लेर विश्वास गरेकी थिएँ’, सानाको क्याप्सनमा लेखिएको छ, ‘मैले आफ्नो लागि अडान लिएकी छु किनभने अरूले मेरा लागि अडान लिन सक्दैनन् । उ एउटा बानी परेको चिटर (धोकेबाज) र ढँटुवा हो । आफ्नो लोकप्रियता प्रसिद्धिका लागि उसले हरेकसँग यस्तै गर्दै आएको छ तर यसको बहाना खोज्न भने सधैँ तयारी हुन्छ ।’

सानाले आफ्नो क्याप्सनमा अन्य महिलासँग पनि सम्बन्ध गाँस्दै हिडेको कारण लुइसलाई छोडेको प्रस्ट रुपमा उल्लेख गरेकी छन् । ‘नोटः मे/जुनदेखि अन्य केटीहरूसँग पनि लागेर मलाई धोका दिइरहेको थियो तर यो कुरा ढिलो गरी थाहा पाएँ’, सानाले आफ्नो क्यास्सनमा लेखेकी छन्, ‘तर एकजना केटी भने मैले राम्रोसँग चिनेको थाहा पाएपछि म स्तब्ध भए…. हुर्काइ महत्वपूर्ण हुन्छ । उसले मसँग विहे गरी सन्तान जन्माउन चाहेको थियो तर यस्तो मान्छेले मेरा सन्तानलाई के सिकाउन सक्छ ??? #toxicrelationship #cheappeople ।’

सानाले अभिनय गरेको एक कमर्शियल निकै उत्तेजनात्मक भएको भन्दै प्रतिबन्ध लगाइएपछि उनको निकै चर्चा हुन भएको थियो । त्यसपछि उनी ‘बिग बोस सिजन-६’ मा निकै चर्चित बनेकी थिइन् । सानाले विभिन्न फिल्म, टेलिभिजन शो र विज्ञापनमा अभिनय गरेकी छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय