scheduleबुधवार फाल्गुन ७ गते, २०७६

गिरिजाप्रसादबारे प्रचण्डको अभिव्यक्तिप्रति कांग्रेसको असहमति

काठमाडौं, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज एक कार्यक्रममा नेपाली काँग्रेसका दिवङ्गत नेता गिरिजाप्रसाद कोइरालाका सम्बन्धमा दिएको अभिव्यक्तिप्रति असहमति जनाएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विहीबार साँझ विज्ञप्ति जारी गरी यस्तो असहमति जनाएको हो । तत्कालीन माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहलाई शान्तिपूर्ण अवतरण गराउन निर्णायक भूमिका निर्वाह गरेका नेता कोइराला दिवङ्गत भएको यतिका वर्षपछि उनका सम्बन्धमा नेता दाहालबाट व्यक्त विचारप्रति असन्तोष व्यक्त गरेका छन् ।

के भनेका थिए प्रचण्डले ?

‘जनयुद्ध’ दिवसमा प्रचण्डले गिरिजा सम्झदैं भने- उहाँले सदरमुकाम हान्‍नुपर्‍यो भन्‍नुहुन्‍थ्यो

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय