scheduleआइतवार चैत्र १६ गते, २०७६

भाषा बगेको पानी हो ? ‘फनी ल्याङ्ग्वेज’ अंग्रेजीमा नयाँ शब्दबारे बहस

ब्रैडन एन्ब्रोजिनो

तपाईंलाई अमिताभ बच्चनको डायलग त याद होला, ‘आई क्यान टाक इंग्लिश । आई क्यान वाक इंग्लिश । बिकज इंग्लिश इज ए फनी लैंग्वेज ।’ उनले सांकेतिकरुपमा बोलेको यो डायलग साँच्चै साँचो हो । अंग्रेजी असाध्यै रमाइलो भाषा हो । यो यति धेरै लचक छ कि के भन्ने, कुनै पनि भाषा बोल्नेको मुखमा अंग्रेजी शब्द झुण्डिइ हाल्छ । तर अंग्रेजी शब्द आफैंमा पनि विभिन्न तरिकाले प्रयोग हुन्छ । यसैले पनि होला अंग्रेजीलाई ‘फन्नी ल्याङ्ग्वेज’ भनिन्छ ।


तपाईंले अंग्रेजीको summer शब्द त सुन्नु भएकै होला । गर्मी मौसमको लागि प्रयोग गरिन्छ । तर धेरै मानिसहरुले समरबाट summering नामको शब्द बनाएका हुन्छन् । शुद्ध अंग्रेजीको वकालत गर्नेहरु यो ‘समरिंग’ (summering) सँग बेचैन हुन्छन् । तर आजकल छुट्टी बिताउनको लागि होलिडेमा जाँदैनन्, जोसँग पैसा हुन्छ उनीहरु ‘समरिंग’ गर्दछन् ।

यस्तै जाडोको बिदामा ‘विंटरिंग’ (wintering) पनि गर्न जान्छन् । यसैगरी मानिसहरु याटिंग (yatching), गल्फिंग (golfing) को लागि पनि जाने गर्दछन् । यी सबै शब्द नाम वा संज्ञाबाट निस्कन्छ । उदाहरणको लागि याटिंग क्रिया yatch बाट निस्कन्छ । यसैगरी गल्फिंग golf बाट पैदा हुन्छ ।

Dish_Home

अंग्रेज़ीमा संज्ञा वा noun लाई क्रिया वा verb मा बदल्ने यो चलन एकदमै पुरानो छ । अक्सफोर्ड इंग्लिश डिक्शनरीका सहायक सम्पादक ट्रिश स्टेवार्ड भन्छन्- समरिंग शब्दको पहिलो प्रयोग पाँच सय वर्ष पहिला भएको थियो । यहाँसम्म कि यसको उल्लेख किंग जेम्सको चर्चित बाइबलमा पनि गरिएको पाइन्छ ।

त्यतिबेला समरिंग (summering) शब्दको प्रयोग जनावरहरुलाई कुनै खास यात्रामा एकत्रित गर्नको लागि प्रयोग गरिन्थ्यो । अहिले मानिसहरु बिदा मनाउन जानका लागि समरिंग शब्द प्रयोग गर्दछन् ।

बाल्यकालमा हामी सबैलाई कुनै मानिस, स्थान वा वस्तुको नामलाई संज्ञा भनेर पढाइयो । यसैगरी कुनै कामलाई क्रिया भनिन्छ । जस्तो दौडिनु । तर आजकल अंग्रेजीमा अत्यधिक मिसावट भइरहेको छ ।

अंग्रेजीका जानकार पैट्रीशिया ओ कनर भन्छन्- आजकल अंग्रेजीको बीस प्रतिशत क्रिया शब्द वा verb संज्ञा वा noun बाट बनेका छन् । उनका अनुसार २०औं शताब्दीमा यसमा अझै तिव्रता आइरहेको छ । पछिल्लो सय वर्षमा जति पनि क्रिया शब्द अंग्रेजीमा आएका छन् तिनीहरु noun बाट बनेका छन् । जस्तो कि प्यूरीफाई (purify), ग्लोरिफाई (glorify) वा क्लैरिफाई (clarify).

ब्रिटिश इंग्लिशबारे तयार गरिएको गरिएको गाइड, ‘फाउलर्स मोडर्न इंग्लिश यूसेज’ का अनुसार व्याकरण मान्नेहरुलाई संज्ञालाई क्रियाको रुपमा प्रयोग गर्नु आपत्तिजनक काम हो । तर सर्वसाधारणलाई यसले के फरक पर्छ र ?

यसैगरी अमेरिकी अंग्रेजीको बाइबल मानिने ‘एलीमेंट अफ स्टाइल’ का अनुसार अत्यधिक noun लाई आजकल verb को रुपमा प्रयोग गरिन्छ । यो चलन यति धेरै नराम्रो त होइन केही शब्दहरु बिग्रन्छ ।

चर्चित पब्लिकेशन कम्पनी र्‍यान्डम हाउसका बेंजामिन ड्रायरका अनुसार कयौंपटक नामलाई क्रियामा बदलिन्छ कि थाहै हुँदैन । तर केही शब्दहरुको अर्थमा विविधता आउन सक्छ । जस्तो कि ‘होस्टिंग अ पार्टी’ (hosting a party) मा होस्ट (host) लाई संज्ञाबाट होस्टिंग (hosting) क्रियामा परिवर्तनले कुनै फरक पर्दैन । तर मेडलबाट मेडलिंग (medalling) बनाउँदा त रीस उठिहाल्छ नि ।

जस्तो कि यो वर्ष रियो ओलंपिकमा कमेन्टर्सले मेडलिंग र पोडियमिंग (podiuming) जस्ता नयाँ क्रिया शब्दको खुब प्रयोग गरे । यहाँसम्म कि तेज गतिबाट पौडिनका लागि अमेरिकी पौडिवाज रेयान लॉचको नामसम्म प्रयोग गर्न थालियो क्रियाको रुपमा । यद्यपि व्यक्तिवाचक संज्ञा वा proper noun लाई क्रियामा बदल्ने प्रचलन एकदमै कम भेटिन्छ ।

जस्तो आयरल्याण्डका सेना चार्ल्स बायकटको नामबाट अंग्रेजीको क्रिया शब्द बायकट (boycott) निकालिएको हो । यसको कारण यदि कोही व्यक्तिवाचक नाम वा proper noun लाई क्रिया वा verb मा रुपान्तरण गरिन्छ र सुन्ने मानिसलाई थाहा हुनुपर्छ कि रेयान लञ्च या चार्ल्स बायकट को थिए । यसो नभए सुन्ने मान्छेले कुरा नै बुझ्दैन ।

सामाजिक सञ्जालको प्रचलनपछि त अरु पनि नामहरु क्रियामा बदलिन थाले । जस्तो कि कोही भन्छन्- Facebook me. अथवा मलाई फेसबुकमार्फत सन्देश पठाउनुहोस् ।

सबैभन्दा राम्रो कुरा त अंग्रेजी यस्तो भाषा हो कि यसरी प्रयोग गर्दा पनि कुनै समस्या हुँदैन । जस्तो कि Rain शब्द संज्ञा पनि हो र क्रिया पनि । अंग्रेजीको शब्दकोश पनि संसारको सबै भाषामा सबैभन्दा ठूलो छ र यसलाई अन्य भाषाका शब्दसँग कुनै समस्या छैन ।

यसर्थ, नामलाई क्रिया बनाउने यो काम अंग्रेजी बोल्नेहरु यसपछि पनि गरिरहनेछन् । जस्तो कि अक्सफोर्ड डिक्शनरीका ड्रायर भन्छन् कि मानिसलाई नयाँ शब्द बनाउने बेला उक्त शब्द पहिलाको भन्दा अझ राम्रो हुनुपर्छ भन्ने ख्याल हुनुपर्छ । उक्त शब्द सुन्दा पनि गज्जब सुनिनुपर्छ ।

जस्तो कि कहिलेकाँही मानिसले जानीबुझी उट्पट्यांग शब्द बनाउँछन् । सोशल मिडियामा अझ बढी । जस्तो केही मानिस प्रश्न सोध्छन्- ‘Do you even science bro’  यहाँ साइन्सको अर्थ विज्ञान विषय होइन कि विज्ञान पढ्ने भन्ने हुन्छ । यस्तो पनि हुन सक्छ कि अझ अगाडि बढेर learning science लाई क्रियाको ठाउँमा sciencing शब्दको चलन सुरु किन नहुने ?

आखिर भाषा त बगेको पानी हो । तपाईले सबै नयाँ शब्द र अनुभव समेटेर अगाडि बढ्नैपर्छ ।

(बीबीसी हिन्दीबाट साभार गरी भावानुवाद गरिएको सामग्री हो । यसको अंग्रेजी भर्सनको लागि यहाँ क्लिक गर्नुहोस्)

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय