scheduleआइतवार चैत्र १६ गते, २०७६

रोनाल्डोले अन्तिम समयमा गोल गरेपछि…

काठमाडौँ, २ फाल्गुन । गएराति भएको कोपा इटालियाको पहिलो लेग खेलमा युभेन्ट्स एसी मिलानसँग पराजित हुनबाट जोगिएको छ । मिलानलाई युभेन्ट्सले एकएक गोलको बराबरीमा रोक्न सफल भएको छ ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफ भने रोमाञ्चक बन्यो ।

Dish_Home

खेलको ६१ औँ मिनेटमा एसी मिलानले गोल गर्दै अग्रता लिएको थियो ।

एसी मिलानका लागि एन्टी रोबिकले गोल गरे । तर, खेलको ७१ औँ मिनेटमा मिलानका थियो हर्नानडेज रातो कार्ड खाँदै बाहिरिए ।

यस सिजन उच्च फर्ममा रहेका क्रिस्टियानो रोनाल्डोले खेलको अन्तिम समयमा पाएको पेनाल्टी सदुपयोग गरे र युभेन्ट्सलाई पराजित हुनबाट जोगाए । दोस्रो लेग युभेन्ट्सको घरेलु मैदानमा हुनेछ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय