scheduleआइतवार मंसिर १४ गते, २०७७

तीनवटै उपाधि जित्ने दाउमा लिभरपुल

काठमाडौँ, २ फाल्गुन । यस सिजन उच्च फर्ममा रहेको लिभरपुलले तीनवटै उपाधि जित्ने सम्भावना बलियो रहेको समिक्षकहरु बताउँछन् । प्रिमियर लिगको उपाधि दौडमा यस सिजन लिभरपुलले प्रतिस्पर्धी पाउन सकेन । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी २२ अंकले पछि रहेको छ ।

अबको ६ खेलमा लगातार जित हात पारेमा लिभरपुलले प्रिमियर लिगको उपाधि जित्नेछ । त्यस्तै गएको सिजन च्याम्पियन्स लिगको उपाधि जितेको लिभरपुलले यस सिजन पनि उपाधि जित्ने सम्भावना बलियो रहेको छ ।

नकआउट चरणमा लिभरपुलले एट्लेटिको मड्रिडसँग आमने सामने गर्दैछ ।

यस सिजन लिभरपुल जत्तिको बलियो टोली अन्य रहेको र यस सिजन पनि च्याम्पियन्स लिगको उपाधि लिभरपुलले जित्ने सम्भावना बलियो रहेको समिक्षकहरुले बताएका छन् ।

त्यस्तै एफए कप दौडमा लिभरपुल पाँचौँ चरणमा प्रवेश गरिसकेको छ । तीनवटै उपाधि जितेमा लिभरपुलले नयाँ रकेर्ड बनाउने छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay