scheduleआइतवार चैत्र १६ गते, २०७६

जापानले आयोजना गर्न लागेको ओलम्पिक स्थगित नहुने

काठमाडौँ, २ फाल्गुन । विश्वभर कोरोना भाइरसको त्रास रहेको छ । यस अवस्थामा जापानले आयोजना गर्ने ओलम्पिक खेलकुद प्रतियोगिता स्थगित हुने चर्चा चलेको थियो । उक्त कार्यक्रम स्थगित गर्ने हल्ल चलिरहँदा जापानले तोकिएकै मितिबाट ओलम्पिक खेल सुरु हुने प्रतिक्रिया दिएको छ ।

ओलम्पिक आयोजक कमिटीले कोरोना भाइरसको सङ्क्रमणको खतरा देखाएपछि चार वर्षमा एकपटक हुने ओलम्पिक प्रतियोगिता स्थगित नहुने जानकारी दिएको हो ।

Dish_Home

ओलम्पिक प्रतियोगिताको आयोजक समितिका अध्यक्ष योशिरो मोरीका अनुसार टोकियो ओलम्पिक प्रतियोगिता स्थगित गर्ने कुनै सोच रहेको छैन ।

जापानका पूर्वप्रधानमन्त्री समेत रहेका मोरीले प्रतियोगिताको तयारीका बारेमा थप बहस चलिरहेको जानकारी दिएका छन् ।

कोरोना भाइरसको सङ्क्रमणबारे अध्ययन भइराखेको र यसको समाधान पनि छिट्टै खोजिने उनले बताएका छन् ।

ग्रीष्मकालीन ओलम्पिक प्रतियोगिता यस वर्ष आगामी जुलाई २४ उद्घाटन भएर अगस्ट ९ तारिखका दिन सकिनेछ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय