scheduleआइतवार चैत्र १६ गते, २०७६

‘विवाहको कुरा हल्लामात्रै’

काठमाडौँ, २ फाल्गुन । बलिउडको चर्चित जोडी हो रिचा चण्डा र अली फैजल । उनीहरुबीचको विवाहको हल्लाले बलिउड तताएको थियो । तर, यसबारे दुवैले प्रतिक्रिया दिएका छन् । रिचाले भनेकी छिन्, ‘विवाहको हल्ला चलेदेखि मलाई फोन आएको आएैछ । यसमा कत्ति पनि सत्यता छैन ।’

उनले भनेकी छिन्, ‘विवाहजस्तो कुरा त्यसै हुने त होइन । समय आएपछि गर्छौँ । गरेपछि सबैलाई थाहा भइहाल्छ नि । हतार छैन ।’

Dish_Home

अलीले भनेका छन्, ‘पछिल्लो समय व्यस्त रहेका छौँ हामी दुबै । तर, विवाहका लागि सोचेका पनि छैनौँ ।’

लामो समयदेखि यो जोडीबीच अफयेर चलिराखेको छ । उनीहरुको विवाह गर्ने हल्ला पनि बेलाबेलामा चलिराखेको छ । तर, बारम्बार उनीहरुले यस कुराको इन्कार गर्दै आइरहेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय