scheduleआइतवार चैत्र १६ गते, २०७६

घरमा २ श्रीमति हुँदाहुँदै गोप्य रुपमा विवाह गरिरहेका बेहुला मण्डपबाटै लखेटिए

एजेन्सी, २ फाल्गुन । क्रुद्ध भीडबाट एक बेहुला आफ्नै विवाह मण्डपबाट लखेटिएका छन् । उक्त घटना पाकिस्तानमा भएको हो ।

पहिलो श्रीमतिले विवाह मण्डपमा नै आएर नयाँ दुलहीलाई आफू दुलहाको पहिलो श्रीमति भएको बताएपछि विवाह समारोहमा उपस्थित मानिसले ती बेहुलालाई लखेटेको बिबिसीले जनाएको छ ।

Dish_Home

आसिफ रफिक सिद्दिकीले धुमधामसँग विवाह गरिरहेको बेलामा उनकी पहिली श्रीमति मण्डपमै आएर सिद्दिकीले पहिला नै २ जनासँग विवाह गरिसकेको बताएपछि नयाँ दुलहीका आफन्त आक्रोशित बनेको थियो ।

आक्रोशित भीडमा रहेका केहीले सिद्दिकीलाई तानेर थप्पड हानेको थिए । २ वटी श्रीमति हुँदाहुँदै तेस्रो पटक विवाह गरेको थाहा पाएपछि समारोहमा उपस्थित मानिस क्रुद्ध बनेका थिए । उनीहरूले सिद्दिकीले लगाएको सर्ट र प्यान्ट पनि च्यातिदिएका थिए ।

त्यसपछि उनी भीडबाट फुत्किन सफल भएका थिए । तर उनलाई भीडले लखेटिरहेपछि एउटा मुनि गएर आफूलाई बचाएका थिए । पछि उनलाई अन्य मानिसले बचाएको समाचारमा उल्लेख छ ।

पाकिस्तानमा बहुविवाहलाई कानुनी मान्यता दिइएको छ । त्यहाँ एकजना पुरुषले ४ पटकसम्म विवाह गर्न पाउने व्यवस्था छ । तर यसरी विवाह गर्नुपूर्व पहिला विहे गरेका श्रीमतिको अनुमति लिनुपर्छ ।

तर सिद्दिकीले गोप्य रुपमा तेस्रो पटक विवाह गर्न खोज्दा आफैं शिकार बनेका हुन् । कराचीमा आयोजित विवाह मण्डपमा रिसले चूर हुँदै पहिलो श्रीमति देखिएपछि मात्रै नयाँ दुलही र उनको परिवारले सिद्दिकीले यसअघि २ पटक विवाह गरेको थाहा पाएका थिए ।

आक्रोशित मुद्दामा विवाह समारोहमा एक्कासी पहिलो श्रीमति देखिएपछि दुलहीका आफन्तहरू एकछिन आश्चर्यमा परेका थिए । सोही क्रममा एक आफन्तले ‘बहिनी के भयो ?’ भन्दै ती महिलालाई सोधे पनि ।

लगत्तै ती महिलाले आफू सिद्दिकीको पहिलो श्रीमति भएको र उनकी दोस्रो श्रीमति पनि रहेको बताइन् । विवाह मण्डपमा उनी आफ्ना  सन्तानसँगै पुगेकी थिइन् ।

‘उनी मेरा श्रीमान हुन् र यो सन्तानको बाबु पनि । ३ दिनका लागि हैदरावाद जान्छु भनेका थिए’, ती महिलाले सबैसामु भनिन् ।

त्यसपछि दुलहीका परिवारले ती महिलालाई अर्को कोठामा लैजाने प्रयास गरेका थिए । सोही क्रममा केही उपस्थित मानिसलाई आफ्ना नातेदार भनेर देखाएकी थिइन् ।

‘ती मेरी सासु हुन्, ती मेरी जेठानी हुन् र उनले आफ्नी आमा ३ दिनदेखि बिरामी भएको बताएकी थिइन्’, महिलाले भनिन् । त्यसपछि उनले नयाँ दुलहीसँग कुरा गरिन् । ‘यी मेरा श्रीमान हुन भन्ने तिमीलाई थाहा थिएन ? उनले यो निर्दोष छोराको बारेमा पनि सोचेनन्’, नयाँ दुलहीसँग आक्रोशित हुँदै उनले भनिन् ।

कुरा यत्तिमा मात्रै सिमित रहेन् । ती महिलाले कराचीस्थित उर्दू विश्वविद्यालयमा भेट भएपछि सिद्दिकी र आफ्नो विवाह २०१६ मा भएको पनि बताइन् ।

साथै सिद्दिकीले २ वर्ष पहिला जेहरा अफरफ नामकी महिलासँग गोप्य रुपमा दोस्रो विवाह गरेको पनि बताइन् । जेहराले सिद्दिकीलाई पठाएको सन्देशबाट दोस्रो पटक विहे गरेको थाहा पाएको पनि बताइन् । सुरुमा जेहरालाई विवाह गरेको कुरा सिद्दिकीले अस्वीकार गरेको तर पछि स्वीकारेको पनि उनले सुनाइन् ।

समाचार अनुसार जेहराले नै सिद्दिकीले तेस्रो पटक विवाह गर्न लागेको कुरा ती महिलालाई बताएकी थिइन् ।

यो सबै कुरा सुनेपछि नयाँ दुलहीका आफन्त सिद्दिकीमाथि जाइ लागेका थिए । आक्रोशित बनेका दुलहीका आफन्तले उनलाई कुटेको, कपडा च्यातचुत पारिदिएको प्रहरीले जनाएको छ ।

आफूमाथि कुटपिट हुन थालेपछि सिद्दिकी बसमुनि गएर बसेका थिए । तर बाहिर निस्कने बित्तिकै उनीमाथि दुलहीका आफन्त पुनः खनिएका थिए । त्यसपछि उनी फेरि बस मुनि नै गएका थिए ।

घटनास्थलबाट प्राप्त एक भिडियोमा ‘बसमुनिबाट बाहिर नआए बसमा नै आगो लगाइदिने’ भनेको आवाज सुन्न सकिन्छ । त्यस्तै सिद्दिकीले डराउँदै ‘एक मिनेट, मिनेट’ भन्दै बाहिर आउन खोजेको देख्न सकिन्छ । सोही क्रममा प्रहरी र अन्य मानिसले सिद्दिकीलाई आफन्तबाट कुटपिट हुनबाट बचाएका थिए ।

लगत्तै उनलाई प्रहरी चौकी लगिएको थियो । तर प्रहरी चौकीसम्म पनि नयाँ दुलहीका आफन्तहरू गएका थिए । उनीहरू बाहिर सिद्दिकीलाई कुरेर बसेका थिए ।

हालसम्म घटनाबारे कुनै उजुरी नपरेको तैमुरिहा प्रहरी चौकीका प्रमुख राओ नजिमले बताए । ‘यो घरायसी कुरा हो र पारिवारिक अदालतमा गएर यसको समाधान निकाल्नुपर्छ’, उनले भने ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय