scheduleबुधवार फाल्गुन ७ गते, २०७६

एन्फा प्रशिक्षक केसी सम्मानित

कैलाली, २ फाल्गुन । टिकापुर उद्योग वाणिज्य संघले अखिल नेपाल फुटबल संघ (एन्फा) का  प्रशिक्षक जनक केसीलाई सम्मान गरेको छ ।

‘टिकापुर महोत्सव-२०७६’ को अवसर पारी प्रशिक्षक केसीलाई सम्मान गरिएको हो । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले केसीलाई समान-पत्र प्रदान गरेका थिए ।

विगत लामो समयदेखि फुटबल खेलाडी र प्रशिक्षक भई खेलकुद क्षेत्रमा पुर्‍याएको योगदानको मूल्याङ्कन गर्दै केसीलाई सम्मान गरिएको टिकापुर उद्योग वाणिज्य महासंघले जनाएको छ ।

प्रशिक्षक केसीले विगत २२ वर्षदेखि आफूलाई फुटबल क्षेत्रमा समर्पित गर्दै आएका छन् । वि.स. २०३५ सालमा नेपालगञ्जमा जन्मेका केसीले आफ्नो बाल्यकाल र युवा अवस्था भने कैलालीको टिकापुरमा बिताएका थिए ।

केसीले सानै उमेरदेखि फुटबलप्रति विशेष रुचि राख्दै आएका छन् । टिकापुरस्थित विरेन्द्र मन्दिरमा पढ्दादेखिनै उनी फुटबल खेलाडीको रुपमा चर्चित बनेका थिए ।

सुरुमा फुटबल खेलाडीको रुपमा आफूलाई चिनाएका केसी हाल प्रदेश नं ५ को प्रमुख प्रशिक्षक पनि हुन् ।

प्रशिक्षक केसी विभिन्न राष्ट्रिय प्रतियोगितामा पनि सहभागी भइसकेका छन् । उनी वि.स. २०५४ सालमा १६ वर्षमुनिको फुटबल खेलमा कैलाली जिल्लाको नेतृत्व गर्दै राष्ट्रिय प्रतियोगितामा सहभागी भएका थिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय