scheduleशुक्रवार श्रावण ३० गते, २०७७

ओलीको संसदमा सम्बोधन सर्‍यो

काठमाडाैं, २ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा शुक्रबार गर्ने भनिएको सम्बोधन सरेको छ ।

नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको शुक्रबार बिहान निधन भएपछि २ बजे बस्ने बैठक शोक प्रस्ताव पारित गरी स्थगित  भएकाले ओलीको सम्बोधन सरेको हो ।

प्रतिनिधिसभाको अर्को बैठक शनिबार बिहान ११ बजे बस्ने भएको छ  । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सम्बोधन शनिबार ३ गते बिहान ११ बजेका लागि सरेको जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय