scheduleआइतवार कार्तिक ९ गते, २०७७

सर्वोच्चले भन्यो- नेपाल र भट्टराईविरुद्ध मुद्दा दायर नहुनुको कारण पेश गर

काठमाडौं, २ फाल्गुन । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर नहुनुको कारण लिखित रुपमा पेश गर्न भनेको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजालासले तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई मुद्दा चलाउनु नपर्ने कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न शुक्रबार आदेश दिएको हो।

सर्वोच्चले अन्तरिम आदेशको विषयमा दोस्रो सुनुवाइमा सबै पक्षलाई उपस्थित हुनसमेत भनेको छ। दोस्रो सुनुवाइमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय हुने भन्दै सर्वोच्चले हाललाई लिखित जवाफमात्र माग गरेको हो।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उन्मुक्ति दिएकाले पुनः मुद्दा चलाउन आदेश दिनुपर्ने माग गरेका थिए ।

अख्तियारले मन्त्रिपरिषद्ले गरेको नीतिगत निर्णय भएकाले आयोगको क्षेत्राधिकारभित्र नपर्ने भन्दै पूर्वप्रधानमन्त्रीद्वयलाई मुद्दा चलाएको छैन । अख्तियारले ४ मन्त्रीसहित १७५ जनालाई माघ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले मन्त्रिपरिषद्‌बाट सामूहिक रूपमा गरेका नीतिगत निर्णय आयोगको क्षेत्राधिकारभित्र नपर्ने अभियोगपत्रमा उल्लेख गरेको थियो।

विशेष अदालतमा ११० जनाविरुद्ध मुद्दा दायर हुँदा पूर्वप्रधानमन्त्रीहरु भट्टराई र नेपाललाई मन्त्रिपरिषदको नीतिगत निर्णय भन्दै अख्तियारले सफाइ दिएको थियो।

अख्तियारले ललिता निवास प्रकरणमा चार मन्त्रीसहित ११० जनालाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारसहितविरुद्ध मुद्दा दायर हुँदा सोही मन्त्रिपरिषदका प्रधानमन्त्री माधवकुमार नेपालले उन्मुक्ति नपाउने रिटमा जिकीर गरिएको छ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay