scheduleसोमवार चैत्र १७ गते, २०७६

हिमपातले बन्द नाग्मा गमगढी सडक चार महिनापछि खुल्यो


गमगढी, ३ फागुन । कर्णाली राजमार्गअन्तर्गत रहेको नाग्मा गमगढी सडकखण्ड सञ्चालनमा आएको छ । घुच्चीलेखमा रहेको सातमोडमा गएको मंसिर तेस्रो साताबाट परेको हिमपातले बन्द भएको सडक हिजो शुक्रबारबाट सञ्चालनमा आएको हो ।

गत मंसिरको तेस्रो साताबाट पटक पटकमा हिमपात हुँदा नाग्मा गमगढी सडकखण्ड बन्द भएको थियो । सडक बन्द हुँदा मुगुको सदरमुकाम गमगढी बजार र हुम्लामा दैनिक उपभोग्य सामानको मूल्यवृद्धि भएको छ ।

सडक डिभिजन कार्यालय जुम्ला, जिल्ला प्रशासन, प्रहरीलगायत अन्य सरोकारवाला निकायको पहलमा बन्द सडक शुक्रबारबाट सञ्चालनमा आएको हो ।  मुगुका प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालीले यो वर्ष धेरै हिमपात हुँदा लाम्रो समयसम्म नाग्मा गमगढी सडकखण्ड बन्द भएको जानकारी दिए ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय