scheduleबिहिवार चैत्र २० गते, २०७६

एट्लेटिको मड्रिडले दुईपटकसम्म अग्रता जोगाउन सकेन

काठमाडौँ, ३ फाल्गुन । गएराति भएको स्पेनिस लिगमा भ्यालेनसियाले एट्लेटिको मड्रिडलाई दुईदुई गोलको बराबरीमा रोक्न सफल भएको छ । दुईपटक सम्म एट्लेटिकोले खेलमा अग्रता बनाएको थियो तर, खेल जित्न भने सकेन ।

खेलको १५ औँ मिनेटमा मार्कस लोरेन्टोले गोल गर्दै अग्रता दिलाएका थिए । तर, खेलको ४० औँ मिनेटमा भ्यालेनसियाका लागि ग्राबियल पालुस्टियाले बराबरी गोल फर्काए ।

Dish_Home

खेलको ४३ औँ मिनेटमा एट्लेटिकोका लागि थोमस पार्टेले गोल गर्दै पुनः अग्रता दिलाए । तर, दोेस्रो हाफमा भ्यालेनसियाले बराबरी गोल फर्काउन सफल भयो ।

भ्यालेनसियाका लागि कोनडोगवियाले गोल गरेका थिए । २४ खेलमा ४० अंक जोडेको एट्लेटिको लिगको चौथो स्थानमा रहेको छ । भ्यालेनसिया ३८ अंकका साथ लिगको छैटौँ स्थानमा रहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय