बोरुसिया डोर्टमण्डको सानदार जित
काठमाडौँ, ३ फाल्गुन । जर्मन बुण्डेसा लिगामा बोरुसिया डोर्टमण्डले सानदार जित हात पार्न सफल भएको छ । फ्रांकफर्टविरुछ भएको खेलमा बोरुसियाले ४-० गोलले खेल जित्न सफल भएको छ । यस सिजन व्याक टु व्याक फर्ममा देखिएको बोरुसिया उपाधि दौडमा पुनः देखिएको छ ।
बोरुसियाका लागि लुकासज, जाडोन सान्चो, इरिंग हाल्याण्ड र राफायल गुरेरोले एकएक गोल गरे ।
यो जितसँगै बोरुसिया लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
बोरुसियाको २२ खेलमा ४२ अंक भएको छ । त्यस्तै पहिलो स्थानमा रहेको बायर्न म्युनिखको ४३ अंक रहेको छ । फ्रांकफर्टको २८ अंक रहेको छ ।