scheduleबिहिवार चैत्र २० गते, २०७६

च्याम्पियन्स लिग खेल्न नपाउने गरी म्यानचेस्टर सिटीलाई दुई वर्षको प्रतिबन्ध

काठमाडौँ, ३ फाल्गुन । इंलिस क्लब म्यानचेस्टर सिटीलाई नमिठो झट्का लागेको छ । आर्थिक पारदर्शिता नदेखाएको भन्दै युरोपिनय फुटबल एसोसियन संगठनले म्यानसिटीलाई दुई वर्षका लागि च्याम्पियन्स लिगबाट प्रतिबन्ध गरेको छ ।

साथै ३० मिलियन युरो समेत जरिवाना तिर्नुपर्ने सजाय सुनाएको छ । तर, यो निर्णयबाट म्यानसिटी बच्न पनि सक्छ । उक्त निर्णयविरुद्ध क्लबले सिएफसिबीमा निवेदन दर्ता गराइसकेको छ ।

Dish_Home

लगातार दुई सिजन प्रिमियर लिगको उपाधि जितेको म्यानचेस्टर सिटीले यस सिजन भने खासै गतिलो खेल प्रदर्शन गर्न सकेको छैन । लिगको दोस्रो स्थानमा भए पनि लिभरपुलभन्दा म्यानसिटी २२ अंकले पछि रहेको छ ।

म्यानसिटीका प्रशिक्षकले यस सिजनको अन्त्यमा क्लब छोड्ने कुरा पनि बाहिर आएको छ । च्याम्पियन्स लिगमा सुधार नदेखिए उनी बर्खास्तीमा पर्ने सम्भावना पनि उत्तिकै बलियो रहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय