scheduleबिहिवार चैत्र २७ गते, २०७६

‘छोराले भनेको कुरामा सत्यता छैन, म ठीक छु’

काठमाडौँ, ३ फाल्गुन । केही दिन अगाडि फुटबल लिजेण्ड पेले डिप्रेशनको शिकार भएको समाचार बाहिर आएको थियो । उनको छोरा इडसनले उक्त कुरा बताएका थिए । लामो समयदेखि अस्वस्थ रहेका उनी अस्वस्थ भएकै कारण डिप्रेशनमा गएको बताइएको थियो । तर, पेले स्वयमले नै आफु सामान्य रहेको जानकारी दिएका छन् । उनले आफ्नै छोराले दिएको टिप्पणीको खारेज गरेका छन् ।

इडसनले भनेका थिए, ‘बुबा लामो समयदेखि बिरामी हुनुहुन्छ । उहाँको केही महिना अघि हिप ट्रान्सप्लान्ट गरिएको थियो । उहाँ हाम्रा लागि राजा नै हो । तर, पछिल्लो समय बुबा डिप्रेशनको शिकार हुनुहुन्छ । लामो समय बिरामी भएका कारण उहाँमा यस्तो समस्या देखिएको हो ।’

Dish_Home

तर, पेले स्वयमले उक्त कुराको खारेज गर्दै आफु ठीक रहेको र स्वास्थ्य सामान्य रहेको प्रतिक्रिया दिएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय