scheduleआइतवार चैत्र २३ गते, २०७६

कश्मीर मामिलामा पाकिस्तानको पक्षमा टर्की, भारत रुष्ट

एजेन्सी, ३ फाल्गुन । पाकिस्तानको भ्रमणमा आएका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शुक्रबार पाकिस्तानी संसदलाई सम्बोधन गर्दै ‘कश्मिरीहरूको संघर्षलाई प्रथम विश्वयुद्धका बेला विदेशी शासनविरुद्ध टर्कीले गरेको संघर्षसँग तुलना गरे ।

तर एर्दोगानको उक्त टिप्पणीपछि भारत रुष्ट बनेको छ । शनिबार भारतले उक्त टिप्पणीको आलोचना गरेको छ । भारतीय विदेशमन्त्रालयले  आफ्नो आन्तरिक मामलामा हस्तक्षेप नगर्न पनि टर्कीसँग आग्रह गरेको छ ।

Dish_Home

विदेशमन्त्रालयका प्रवक्ता रभिश कुमारले एर्दोगानको भनाइलाई अस्वीकार गर्दै जम्मू-कश्मीर भारतको अभिन्न अंग रहेको र उक्त क्षेत्र भारतबाट कहिल्यै अलग हुन नसक्ने बताएका छन् ।

‘जम्मू-कश्मीरबारे दिइएका सबै बयानलाई भारतले अस्वीकार गर्छ । उक्त क्षेत्र भारतको अभिन्न अंग हो जुन भारतबाट कहिल्यै अलग हुन सक्दैन’, कुमारले भने, ‘हामी टर्कीका नेतृत्वलाई भारतको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अनुरोध गर्छौं र भारतसहित यस क्षेत्रमा पाकिस्तानका कारण उत्पन्न आतंकवादबाट सिर्जित गम्भीर खतरासहित अन्य तथ्यलाई बुझ्न आग्रह गर्छौं ।’

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय