scheduleशनिवार कार्तिक १५ गते, २०७७

भारतीय सेनाले नियन्त्रण रेखा पार गरी गोली चलाएको पाकिस्तानको आरोप

एजेन्सी, २ फाल्गुन । शुक्रबार भारतीय सेनाले नियन्त्रण रेखा (Line of Control) पार गरेको पाकिस्तानको भनाइ छ ।

भारतीय सेनाले नियन्त्रण रेखा पार गरेपछि पाकिस्तानको विदेशमन्त्रालयले भारतीय उच्चायुक्तको कार्यालयका एक वरिष्ट कुटनीतिज्ञसमक्ष विरोध पत्र पनि पेश गरेको छ । भारतीय कुटनीतिज्ञलाई मन्त्रालयमा बोलाएर उक्त विरोध पत्र पेश गरिएको हो ।

फेब्रुअरी १४ अर्थात् हिजो शनिबार भारतीय फौजले नेजापिर र राखचिक्रीस्थित नियन्त्रण रेखा पार गरेको थियो । भारतीय सेनाले नियन्त्रण रेखा पार गरेर अन्धाधुन्द गोली चलाएको पाकिस्तानी विदेशमन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्ति अनुसार गोली लागेर १३ वर्षीय बालिका अविदा जमल गम्भीर घाइते भएकी छन् ।

‘पाकिस्तानले भारतीय पक्षलाई सन् २००३ मा भएको युद्धविरामसम्बन्धी सहमतिलाई सम्मान गर्न आग्रह गर्छ’, विदेशमन्त्रालयले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘त्यस्तै युद्धविराम उल्लंघनका सबै घटनाबारे छानबिन गर्न, सेनालाई युद्ध विराम सहमति अक्षरशः पालनाका लागि निर्देशन दिन र नियन्त्रण रेखा तथा अन्य सीमावर्ती क्षेत्रमा शान्ति कायम गर्न अपिल गर्छौै ।’

त्यस्तै भारतीय फौजले लगातार नियन्त्रण रेखा र सीमाना पार गरेर सर्वसाधारणमाथि आर्टिलरी, मोर्टार, स्वचालिक हतियार चलाएको पनि विज्ञप्तिमा उल्लेख छ ।

‘सन् २०१७ मा भारतीय फौजले १९ सय ७० पटक युद्धविराम सहमति उल्लंघन गरेको थियो र त्यसयता युद्धविराम उल्लंघनका घटना अभूतपूर्व रुपमा घटिरहेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘यसै वर्षको जनवरीदेखि हालसम्म भारतीय फौजले २८७ पटक युद्धविराम उल्लंघन गरेको छ ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay