scheduleआइतवार चैत्र २३ गते, २०७६

युरोपमा पनि कोरोना भाइरसले एकजनाको ज्यान लियो

एजेन्सी, ३ फाल्गुन । कोभिड-१९ पनि भनिने कोरोना भाइरसबाट फ्रान्समा एकजनाको ज्यान गएको छ ।

फ्रान्स घुम्न गएका एक चिनियाँ पर्यटकको ज्यान गएको सिएनएनले जनाएको हो । हुबेइबाट फ्रान्स गएका ८० वर्षीय एक वृद्धको ज्यान गएको समाचारमा उल्लेख छ ।

Dish_Home

ती वृद्ध जनवरी १६ मा फ्रान्स आएका थिए । फ्रान्स आएको ९ दिनपछि पेरिसस्थित एक अस्पतालमा उनलाई राखिएको थियो । एसियाभन्दा बाहिर कोरोनाबाट ज्यान गुमाउने उनी पहिलो व्यक्ति हुन् ।

यसअघि चीनसहित हङकङ, फिलिपिन्स र जापानमा एक/एक जनाको ज्यान गएको थियो ।

कोरोना भाइरसका कारण चीनमा मात्रै १५ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने ६६ हजार ४ सय ९२ जना संक्रमित छन् ।

यता भाइरसविरुद्ध अग्रमोर्चामा खटिएका चिकित्सक तथा नर्समध्ये झण्डै १८०० जना भाइरसबाट संक्रमित भएका छन् । भाइरसबाट संक्रमित स्वास्थ्यकर्मीमध्ये ६ जनाको ज्यान गइसकेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय