scheduleबिहिवार चैत्र २० गते, २०७६

प्रेमीसँग मिलेर आमाको हत्या

एजेन्सी, ३ फाल्गुन । भारतको उत्तर प्रदेशको गाजियाबादमा प्रेममा पागल भएकी एक नाबालिग छोरीले आफ्नै आमाको हत्या गरेकी छन् ।

दिल्लीको वृज विहार चौकीमा तैनाथ दिल्ली प्रहरीकी हेड कन्स्टेबल शशि शुक्लालाई षडयन्त्र गरेर आफ्नै छोरीले हत्या गरेको भारतीय समाचार माध्यममा जनाइएको छ ।

Dish_Home

नाबालिक छोरीले आफ्नै प्रेमीसँग मिलेर शशिको हत्या गरेकी हुन् । समाचार अनुसार आफ्नो प्रेम सम्बन्धमा तगारो बनेपछि छोरीले शशिको हत्या गरेको बताइएको छ ।

शशिले आफ्नी छोरीलाई बारम्बार प्रेमीबाट टाढा रहन भन्दै गाली गरेको र उक्त गाली छोरीलाई राम्रो नलागेको समाचारमा उल्लेख छ । त्यसैले उनले डरलाग्दो हत्या योजना बनाएर शशिको हत्या गरेको प्रहरीको भनाइ छ ।

हाल प्रहरीले शशिकी छोरी र उनका प्रेमीलाई गिरफ्तार गरेको छ ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय