scheduleबिहिवार आषाढ़ २५ गते, २०७७

लिभरपुलको अपराजित यात्रा कायमै

काठमाडौँ । गएराति भएको प्रिमियर लिगमा लिग लिडर लिभरपुलले नर्विच सिटीमाथि कठिन जित हात पारेको छ । नर्विचको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले १-० गोलले पराजित गरेको हो । लिभरपुललाई जित दिलाउन साडियो मानेले खेलको ७३ औँ मिनेटमा गोल गरेका थिए ।

यस सिजन अपराजित रहेको लिभरपुलले हालसम्म एक खेलमात्र बराबरी खेलेको छ ।

यो जितसँगै लिभरपुलले २६ खेलमा ७६ अंक जोडेको छ ।

दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी २५ अंकले पछाडि रहेको छ । नर्विच १८ अंकका साथ पुछारमा रहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय