scheduleबिहिवार चैत्र २७ गते, २०७६

बार्सिलोनाको कठिन जित

काठमाडौँ, ४ फाल्गुन । गएराति भएको स्पेनिस लिग ला लिगामा बार्सिलोनाले गेटाफेलाई २-१ गोलले पराजित गरेको छ । बार्सिलोनालाई जित दिलाउन एन्टोनियो ग्रिजम्यान र सर्जियो रोबर्टस्ले एकएक गोल गरे । त्यस्तै गेटाफेका लागि एन्गल रोद्रिगेजले गोल गरे ।

बार्सिलोनाले पहिलो हाफमा नै दुई गोलको अग्रता बनाएको थियो । खेलको ३३ औँ मिनेटमा ग्रिजम्यानले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ३९ औ मिनेटमा सर्जियोले गोल गरे ।

Dish_Home

तर, दोस्रो हाफमा भने बार्सिलोनाले गोल गर्न सकेन ।

खेलको ६६ औँ मिनेटमा गेटाफेले एक गोल फर्काउन सफल भयो ।

यो जितसँगै बार्सिलोनाको २४ खेलमा ५२ अंक भएको छ । बार्सिलोना लिगको दोस्रो स्थानमा रहेको छ । गेटाफे ४२ अंकका साथ लिगको तेस्रो स्थानमा रहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय