scheduleबिहिवार चैत्र २७ गते, २०७६

रोमाञ्चक खेलमा पिएसजी बराबरीमा सीमित

काठमाडौँ, ४ फाल्गुन । गएराति भएको फ्रेन्च लिगमा पीएसजीले पुछारको क्लब एमिन्ससंग चारचार गोलको बराबरी खेल खेलेको छ । रोमाञ्चक खेलमा एमिन्सले तीन गोलको अग्रता बनाएको थियो । तर, तीन गोलले पछि परेको पिएसजीले चार गोल फर्र्काएको थियो । अन्तत एमिन्सले एक गोल फर्काउँदै बराबरीमा रोक्न सफल भएको थियो ।

एमिन्सका लागि सेहरो गुरासीले पाँचौ मिनेटमा गोल गरे । खेलको २९ औ मिनेटमा गेल काकुटाले एमिन्सका लागि दोस्रो गोल गरे ।

Dish_Home

एमिन्सका फौसिनी डायबेटले ४५ औ मिनेटमा तेस्रो गोल गरे ।

तर, पहिलो हाफको अन्तिम समयमा पीएसजीका एन्ड्रे हेरेराले एक गोल फर्काए ।

दोस्रो हाफमा भने पिएसजीले सम्हालिएको खेल खेल्यो । पिएसजीका नियान्जो कावासीले लगातार दुई गोल गरे ।

मौरो ईकार्डीले ७४ औ मिनेटमा गोल गरेपछि भने पिएसजीले खेलमा अग्रता लिएको थियो । तर, खेलको अन्तिम समयमा एमिन्सका गुरासीले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीसंग अंक खोस्न सफल भएका थिए ।

शिर्षस्थानमा रहेको पिएसजीको ६२ अंक रहेको छ । एमिन्स २१ अंक सहित रेलिगेशन जोनमा यथावत छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय