scheduleआइतवार चैत्र २३ गते, २०७६

अभिभावक गुमाएका तीनसय ५० विद्यार्थीले पाए छात्रवृत्ति

प्रतिकात्मक तस्बिर

काठमाडौं, ४ फागुन । सरकारले वैदेशिक रोजगारीका क्रममा अविभावक गुमाएका तीन सय ५० जना बालबालिकालाई पहिलो चरणमा छात्रवृति वितरण गरेको छ ।

छानबिन समितिको छानबिनपछि पहिलो चरणमा तीन सय ५० जनालाई छात्रवृत्ति वितरण गरिएको वैदेशिक रोजगार बोर्डले जनाएको हो । देशभरका विभिन्न विद्यालयमा विद्यार्थीलाई आर्थिक वर्ष २०७६/०७७ का लागि ४२ लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए ।

छानबिन समितिमा अहिलेसम्म एक हजार ५४ जनाको निवेदन परेकाले बाँकी निवेदनमाथि पनि छानबिन गरेर दोस्रो र तेस्रो चरणमा छात्रवृति वितरण गरिने उनले जानकारी दिए । सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु, अंगभंग, अशक्त र वेपत्ता भएका कामदारका परिवारलाई शैक्षिक विकासका लागि छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।

Dish_Home

वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि २०७१ को पहिलो संशोधन २०७३ अनुसार आधारभूत तहका लागि आठ हजार र माध्यमिक तहका लागि १२ हजार उपलब्ध गराउने गरिएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय