scheduleबिहिवार चैत्र २७ गते, २०७६

मुख्यमन्त्री केजरीवालको शपथ आज, मोदीलाई निम्तो


नयाँ दिल्ली, ४ फागुन । आम आदमी पार्टीबाट तेस्रो पटक निर्वाचित हुनुभएका अरविन्द केजरीवालले आज मुख्यमन्त्रीको शपथ लिने भएका छन् । दिल्लीको रामलीला मैदानमा आइतबार दिउँसो भव्य समारोहकाबीच उपराज्यपाल अनिल बैजलले उनलाई शपथ ग्रहण गराउनेछन् ।

शपथ ग्रहण समारोहको तयारी सम्पूर्ण पूरा भइसकेको छ भने सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ । लगातार तेस्रो पटक मुख्यमन्त्रीको शपथ लिन लागेका केजरीवालले आजै मन्त्रीपरिषदपनि विस्तार गर्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

शपथ गग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्लीका सातै जना सांसद, नवनिर्वाचित आठ जना बीजेपी विधायक र सबै नगर निगम पार्षदहरुलाई आमन्त्रण गरिएको छ ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय