scheduleशनिवार चैत्र २२ गते, २०७६

रेडियोको कार्यक्रम हेर्न गएको बालकलाई कालीगण्डकीले बगाएपछि …


पर्वत, ४ फागुन । पर्वतको जलजला गाउँपालिका वडा नं. ३ वारी बेनी स्थित कालिगण्डकीले बगाएको बालकको उद्धार गरिएको छ ।

कालिगण्डकी किनारमा रेडियो दिदीबहिनीले आयोजना गरेको महोत्सव हेर्न गएका म्याग्दीको धौलागिरी गाउँपालिका वडा नं. १ गुर्जाका अन्दाजी ९ वर्षका शिशिर छन्त्याललाई कालीगण्डकी नदीले बगाएको थियो ।

नदीले बगाएर झण्डै १ सय मिटर तल पुगेका बालकलाई तत्काल सुरक्षाकर्मीको सहयोगमा शनिबार उद्धार गरिएको हो । बालकको हात खुट्टामा चोटपटक लागेको प्रहरीले जनाएको छ । उनको म्याग्दी स्थित बेनी अस्पतालमा उपचार भइरहेको छ ।

Dish_Home

महोत्सव स्थलकै डिलतिर खेलिरहेका बालक एक्कासी नदीमा खसेपछि नदीले बगाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए ।

थापाका अनुसार सुरक्षाकर्मीले बगाएको पाँच/सात मिनेटमै उद्धार गरेका कारण बालकको ज्यान बचाउन सफल भएको हो । नदि किनारमै गरिएको उक्त महोत्सव सुरक्षाका दृष्टिकोणले संवेदनशील छ । सुरक्षा समितिको बैठकले उक्त ठाउँको विकल्प खोज्न आग्रह गरेको थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय