scheduleशनिवार चैत्र २२ गते, २०७६

गर्भलाई लिएर विवाद बढ्दै गएपछि ब्लेडले घाँटी रेटेर पत्नीको हत्या

एजेन्सी, ४ फाल्गुन । एक २१ वर्षीय युवकले शारीरिक सम्पर्कका क्रममा आफ्नै पत्नीको हत्या गरेका छन् । उक्त घटना ब्राजिलमा घटेको हो ।

समाचार अनुसार २१ वर्षीय ती युवकले यौन सम्पर्कका बेला रेजर ब्लेडले घाँटी रेटेर आफ्नै श्रीमतिको हत्या गरेका हुन् । हाल ती युवकलाई प्रहरीले नियन्त्रणमा लिएको  छ । उनले श्रीमतिको हत्या गरेको स्वीकार गरेको पनि प्रहरीले बताएको छ ।

Dish_Home

आरोपी युवकले श्रीमतिको हत्या गरेपछि आफूले पनि आत्महत्या गर्ने प्रयास गरेको प्रहरीको भनाइ छ ।

आफ्नै पत्नीको हत्या भएको यो घटना ब्राजिलको साओ पोलोस्थित वर्जी पोलिस्टा इलाकामा भएको समाचार माध्यममा जनाइएको छ । २१ वर्षीय आरोपीको नाम मर्सिलो अरौजो भएको र उनले आफ्नी २२ वर्षीया श्रीमति फ्रैसिनेको हत्या गरेको समाचारमा बताइएको छ । उनी हाल प्रहरी हिरासतमा रहेका छन् ।

घटना भएको झण्डै डेढ महिनापछि मर्सिलोले फ्रैसिनेको हत्या गरेको पुष्टि भएको हो । प्रहरीले उक्त घटनाबारे ६ हप्तासम्म छानबिन गरेको थियो । छानबिनबाट प्राप्त प्रमाणका आधारमा मर्सिलोले नै फ्रैसिनेको हत्या गरेको खुलेको थियो ।

अभियोग पुष्टि हुनुपूर्व मर्सिलोले अलग-अलग बयान दिएका थिए । प्रहरीका अनुसार फ्रैसिने तेस्रो पटक गर्भवती भएकी थिइन् । गर्भलाई लिएर दुबैजनाबीच विवाद भएको थियो । सोही विवादले हत्याको रुप लिएको प्रहरीको भनाइ छ ।

हत्या लगत्तै मर्सिलोको घरमा प्रहरी पुगेको थियो । घरमा प्रहरी पुग्दा उनी गम्भीर हालतमा थिए । उनको नाडी र गर्दनमा काटेको निशाना थियो । उनले आफूलाई पीडितको रुपमा प्रस्तुत गर्न खोजेका थिए । तर लामो अनुसन्धानपछि उनले नै श्रीमतिको हत्या गरेको खुलेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय