scheduleशुक्रवार चैत्र २८ गते, २०७६

न्यायाधीश पौडेलको इजलासमा महराको अन्तिम सुनुवाई आज


काठमाडौं, ४ फागुन । यौन दुर्व्यवहारको आरोपमा प्रतिनिधिसभाको सभामुख पद गुमाएका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको अभियोगबारे आइतबार अन्तिम सुनुवाइ सुरु भएको छ ।

महरामाथि लागेको अभियोगको जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ सुरु भएको हो । अदालत स्रोतका अनुसार बहस सकिए आइतबार नै फैसला आउँछ ।

महरालाई थुनामा राख्न जिल्ला अदालत काठमाडौंले दिएको आदेशलाई उच्च अदालतले पनि सदर गरेपछि उनी अहिले जेल जीवन बिताइरहेका छन् । उच्च अदालतले महराको मुद्दा एक महिनाभित्र किनारा लगाउन भनेसँगै उनको आज अन्तिम सुनुवाइ हुन लागेको हो ।

Dish_Home

तत्कालीन सभामुख महरालाई संसद सचिवालयकै कर्मचारीले बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन् । आरोपसँगै १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय