scheduleबिहिवार आषाढ़ २५ गते, २०७७

राष्ट्रसंघका महासचिव गुटेरेस पाकिस्तानमा, अफगान शरणार्थीसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्ने

एजेन्सी, ४ माघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस पाकिस्तान आएका छन् ।

पाकिस्तानमा भोलिदेखि सुरु हुन गइरहेको अफगान शरणार्थीसम्बन्धी एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन महासचिव गुटेरेस इस्लामावाद आएका हुन् । राष्ट्रसंघको महासचिव भएपछि पहिलो पटक उनले पाकिस्तानको भ्रमण गरेका छन् ।

भ्रमणका क्रममा गुटेरेसले ‘पाकिस्तानमा ४० वर्षदेखि शरण लिइरहेका अफगान शरणार्थी’सम्बन्धी एक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नेछन् । साथै उनले पाकिस्तानी राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीसहित वरिष्ठ अधिकारीहरूसँग पनि भेटवार्ता गर्नेछन् ।

गुटेरेसले दिगो विकास तथा जलवायु परिवर्तनसम्बन्धी एक कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । उनी बुधबार न्युयोर्क फर्किने छन् ।

सोमबारदेखि पाकिस्तानको राजधानी इस्लामावादमा अफगान शरणार्थीसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । पाकिस्तान र शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (UNHCR) ले संयुक्त रुपमा उक्त सम्मेलन आयोजना गरेका हुन् ।

सम्मेलनलाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले उद्घाटन गर्ने कार्यक्रम छ । उक्त सम्मेलनमा उच्च स्तरीय अमेरिकी अधिकारीहरू पनि सहभागी हुने छन् ।

हाल पाकिस्तानले दशकौंदेखि लाखौं अफगानी शरणार्थीलाई शरण दिँदै आएको छ ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय