scheduleशनिवार चैत्र २२ गते, २०७६

ट्रम्पको सुरक्षाका लागि अहमदाबादमा ७ विमान र १० हजार प्रहरी तैनाथ गरिने

एजेन्सी, ४ फाल्गुन । संसारकै शक्तिशाली व्यक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यही फेब्रुअरी २४ देखि २५ गतेसम्म भारतको भ्रमण गर्दैछन् ।

राष्ट्रपति ट्रम्प अमेरिकाबाट सिधै गुजरातको अहमदाबाद आउने छन् । लगत्तै उनी र प्रधानमन्त्री मोदी सँगै साबरमती आश्रममा जाने कार्यक्रम तय गरिएको छ ।

Dish_Home

भारतीय समाचार माध्यममा बताइए अनुसार राष्ट्रपति ट्रम्प २४ फेब्रुअरी गुजरातको अहमदाबाद आउेछन् । भ्रमणका क्रममा अहमदाबादको मोटेरा स्टेडियममा भव्य कार्यक्रम आयोजना हुँदैछ ।

मोदी अमेरिका गएका बेला ‘हाउडी मोदी’ कार्यक्रम आयोजना गरिएजस्तै अहमदाबादमा पनि ‘केम छो, ट्रम्प’ (ट्रम्प, तपाईं सन्चै हुनुहुन्छ) नामक कार्यक्रम आयोजना हुने बताइएको छ ।

यता भ्रमण नजिकिँदै गर्दा ट्रम्पको सुरक्षा व्यवस्थाको तयारी अन्तिम चरणमा पुगेको छ ।

ट्रम्पका लागि अभेद्य सुरक्षा व्यवस्था बनाइएको छ । शनिबार भारतीय सुरक्षाकर्मीले मोटेरा स्टेडियमको अवलोकन गरेका छन् । उक्त स्टेडियममा वरिष्ट अधिकृत र जवानसहित १० प्रहरी तैनाथ गरिने अधिकारीहरूले बताएका छन् ।

यतिमात्रै होइन, ट्रम्पको सुरक्षामा विमान र हेलिकप्टरहरू पनि तैनाथ गरिने छ । ट्रम्पको आधिकारिक जेट एयरफोर्स वनका अलावा अन्य ६ वटा विमान आकाशमा तैनाथ गरिने छ । साथै विभिन्न हेलिकप्टरले आकाशमा निरन्तर गस्ती गर्नेछन् । कुनै पनि देशमा जाँदा ट्रम्पको सवारी लस्कर र सुरक्षामा स्थानीय सुरक्षाकर्मीसँगै ट्रम्पका निजी सुरक्षाकर्मी पनि सामेल हुन्छन् ।

पहिलो सुरक्षा घेरामा ट्रम्पका निजी सुरक्षाकर्मीहरू हुन्छन् । उक्त घेरामा सैयौं सुरक्षाकर्मी र १४ वटा बाहन हुन्छन् । सबैभन्दा अगाडि ९ वटा मोटर साइकल सवार हुन्छ्न् । ती मोटर साइकलमा अत्याधुनिक उपकरण जडान गरिएको हुन्छ र आइपर्न सक्ने कुनै पनि संकट सामना गर्ने क्षमता हुन्छ ।

अगाडिको सडक क्लियर गर्ने काम पनि मोटरसाइकलको हुन्छ ।

गुजरातमा ट्रम्पले विभिन्न कार्यक्रममा सहभागी भई ३ घण्टा बिताउने बताइएको छ । यस क्रममा गुजरात सरकारले १०० करोड भारु खर्च गर्दैछ । भ्रमणका क्रममा डोनाल्ड ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदी ७ वटा स्तरीय सुरक्षा घेराभित्र रहनेछन् ।

ट्रम्प अहमदाबादमा भइन्जेल उक्त क्षेत्रमा हवाइ उडान निधेष (no fly zone) गरिने बताइएको छ । आकाशमा हेलिकप्टरहरूले निरन्तर गस्ती गरिरहने छन् । साथै मोटेरा स्टेडियममा आयोजित कार्यक्रममा सहभागी हुन आउने हरेक व्यक्तिको सुरक्षा जाँच गरिनेछ ।

स्टेडियममा प्रहरी वाहनमा बसेर मात्रै जान पाइने छ । यसका लागि २ हजार २ सय छुट्टै बसको व्यवस्था गरिएको छ ।

 

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय