scheduleशुक्रवार श्रावण २३ गते, २०७७

महरामाथिको अभियोगमा फैसला सोमबार


काठमाडौं, ४ फागुन । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको अभियोगमाथि आइतबार भएको सुनुवाइको फैसला सोमबार मात्र आउने भएको छ । काठमाडौं जिल्ला अदालतले महरामाथि लागेको अभियोगमा सोमबार मात्र फैसला सुनाउने भएको हो ।

उनीमाथि लागेको बलात्कार उद्योग कसूर मुद्दामा आइतबार सुनुवाइ भएपनि समय अभावले फैसला हुन नसकेको काठमाडौं जिल्ला अदालतले जनाएको छ ।

महरामाथि लागेको अभियोगको जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ सुरु भएको हो ।

महरालाई थुनामा राख्न जिल्ला अदालत काठमाडौंले दिएको आदेशलाई उच्च अदालतले पनि सदर गरेपछि उनी अहिले जेल जीवन बिताइरहेका छन् । उच्च अदालतले महराको मुद्दा एक महिनाभित्र किनारा लगाउन भनेसँगै उनको आज अन्तिम सुनुवाइ हुन लागेको हो ।

तत्कालीन सभामुख महरालाई संसद सचिवालयकै कर्मचारीले बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन् । आरोपसँगै १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय