scheduleबिहिवार चैत्र २७ गते, २०७६

कोरोना भाइरसले ओरालो लागेको अर्थतन्त्रलाई थप प्रभावित पार्नसक्छः आईएमएफ


दुबई, ४ फागुन । चीनमा कोरोना भाइरसको महामारीले यस वर्ष विश्वव्यापी आर्थिक वृद्धि दरलाई प्रभावित पार्नसक्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) प्रमुखले आइतबार बताएकी छन् । तीव्र र द्रूतदरमा झरेको आर्थिक वृद्धि दर कोरोनाको सङ्क्रमणको प्रभावबाट थप समस्या आउने उनले बताएकी हुन् ।

दुबईमा विश्व महिला मञ्चमा सहभागी हुन आएकी आइएमएफका व्यवस्थापन निर्देशक क्रिश्टिालिना जर्जिएभाले भनिन्, ‘आर्थिक वृद्धि दरमा कटौती हुनसक्ने यो दर करिब ०.१ देखि ०.२ प्रतिशतको अवस्थामा हुने तत्कालको अनुमान रहेको छ ।’

करिब एक हजार ६०० व्यक्तिको ज्यान लिइसकेको कोभिड–१९ ले विश्व अर्थतन्त्रमा कति प्रभावित पार्नेछ अहिल्यै पूर्ण अनुमान गरिहाल्न सकिने अवस्था भने नभएको उनको तर्क थियो ।

Dish_Home

जर्जिएभाले भनिन्, ‘म सबैसँग अनुरोध गर्छु कि अहिल्यै निष्कर्षमा नजाऔँ । अनिश्चितता अझै बाँकी छ । हामी परिदृश्यहरूसँगै काम गर्छौं अनुमानका भरमा मात्रै होइन । आगामी १० दिनमा मलाई सोध्नुहोस यसबारे स्वभाविक नतिजा भन्नुसकौँला ।’

आइएमएफको जनवरीको प्रक्षेपणमा सन् २०२० का लागि आर्थिक वृद्धिदरको पूर्व अनुमानलाई सच्याउँदै ३.४ प्रतिशतको वृद्धि दरलाई ३.३ प्रतिशतमा झारेको थियो । सन् २०१९ मा आर्थिक वृद्धि दर २.९ प्रतिशत कायम भएपछि आइएमएफले आफ्नो अनुमानलाई पुनरावलोकन गरेको थियो ।

विश्व अर्थतन्त्रमा यस दशककै सबैभन्दा कम वृद्धिदर सन् २०१९ मा कायम भएको थियो ।

महामारीको पूर्ण प्रभावको आकलन गर्न ‘धेरै चाँडो’ भएको तर यसले पर्यटन र यातायातजस्ता क्षेत्रलाई प्रभावित गरिसकेको जर्जियाभाले स्वीकार गरिन् ।

उनले थपिन्, ‘आर्थिक प्रक्षेपणलाई परिवर्तन गरिहाल्नु अहिल्यै कठिन छ किनकि हामीलाई यो भाइरसको प्रकृति के हो भनेर अझ राम्ररी थाहा छैन । हामीलाई थाहा छैन कि चीनले कत्ति छिटो यसलाई नियन्त्रणमा ल्याउने छ । यो बाँकी विश्वमा फैलिनेछ वा छैन हामीलाई अहिले थाहा छैन ।’

चीनमा यसको नियन्त्रणमा ढिलाई भयो र विश्व यसबाट थप प्रभावित भयो भने पक्कै पनि वृद्धिदरमा तीब्र कटौती हुने उनको धारण थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इवान्का र पूर्व बेलायती प्रधानमन्त्री थेरेसा मेसमेत पनि उपस्थित रहेको दुबई फोरममा उनले भनिन्, ‘हामी अहिले कम उत्पादकता वृद्धि, कम आर्थिक बृद्धि, कम ब्याज दर र कम मुद्रास्फीतिमा अडिएका छौं ।’ एएफपी

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय