scheduleशनिवार चैत्र २२ गते, २०७६

हजार्डसहितको रियाललाई भिगोले बराबरीमा रोक्यो


एजेन्सी, ५ फागुन । रियाल म्याड्रिडलाई सेल्टा डि भिगोले स्पेनिस ला लिगामा बराबरीमा रोकेको छ । रियालको घरेलु मैदानमै बेल्जियन फरवार्ड इडेन हजार्डले झन्डै दुई महिनापछि चोटबाट पूनरागमन गरेको खेलमा सेल्टा डि भिगोसँग म्याड्रिड २–२ गोलको बराबरीमा रोकिएको हो ।

सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलमा रियालका लागि टोनी क्रुस र कप्तान सर्जियो रामोसले गोल गरे भने सेल्टाका फेडर स्मोलोभ र सान्टी मिनाले गोल फर्काए ।

खेलको पाँचौ मिनेटमा फेडेर स्मोलोभले इयागो आस्पासको पासमा गोल गर्दै सेल्टालाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए ।

Dish_Home

दोस्रो हाफ सुरु हुनासाथ ५२औं मिनेटमा मार्सेलोको पासमा टोनी क्रुसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा फर्काउन सफल भए । ६५औं मिनेटमा हजार्डलाई पेनाल्टी बक्समा सेल्टाका गोलरक्षक रुवेन ब्लान्कोले फउल गरेपछि पाएको पर्नाल्टीको अवसरलाई कप्तान सर्जियो रामोसले गोलमा रुपान्तरण गर्दै रियाललाई खेलमा २–१ को अग्रता दिलाए ।

८५औं मिनेटमा डेनिस सुआरेजको पासमा सान्टी मिनाले गोल गर्दै खेललाई २–२ गोलसँगै रियाल सेल्टासँग बराबरीमा रोकियो ।

बराबरीपछि रियालले शीर्षस्थानमा बार्सिलोनालाई एक अंकको पछि पारेको छ । रियालको २४ खेलबाट ५३ तथा समान खेलबाटै बार्सिलोनाको ५२ अंक छ । रियाललाई रोकेको सेल्टा २१ अंक जोडेर १७औं स्थानमा छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय