scheduleशनिवार चैत्र २२ गते, २०७६

पूर्वसभामुख महराविरुद्धको मुद्दाको फैसला आज


काठमाडौं, ५ फागुन । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाबारे काठमाडौं जिल्ला अदालतले आज फैसला गर्दैछ । आइतबार महराको अन्तिम सुनुवाई सकिएको थियो ।

महराको पक्षबाट रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्य, लव मैनाली लगायतले बहस गरेका थिए । तर, समय अभावले फैसला भने हुन सकेको थिएन । काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले महरामाथि लागेको अभियोगबारे आज फैसला आउने जानकारी दिए ।

संसद् सचिवालयका कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरामाथि मुद्दा चलाइएको थियो । हाल महरा पूर्पक्षका लागि डिल्लीबजार कारागारमा रहेको छ ।

Dish_Home

यसअघि कात्तिक १८ गते जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको एकल इजलासले महरालाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय