scheduleबिहिवार चैत्र २७ गते, २०७६

उद्धार गरिएका ४० अमेरिकी नागरिकमा कोरोना भाइरस

न्यूयोर्क, ५ फागुन । जापानको पानीजहाजबाट उद्दार गरिएका ४ सय अमेरिकी नागरिकमध्ये ४० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । संक्रमण देखिएपछि ती नागरिकलाई उपचारका लागि जापानकै अस्पतालहरूमा भर्ना गरिने तयारी भएको छ ।

झन्डै ३ हजार ७ सय यात्री तथा चालक दलका सदस्यसहित डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजलाई फेब्रुअरी ३ तारिखदेखि जापानको योकोहामा बन्दरगाहमा क्वारेन्टाइनमा राखिएको छ । उक्त पानीजहाजबाट हङ्‌कङमा ओर्लेका एक व्यक्ति नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित भएको पाइएपछि पानीजहाजलाई क्वोरन्टाइनमा राखिएको हो ।

Dish_Home

चीनबाहिर नयाँ कोरोनाभाइरसबाट संक्रमित हुने यो सबैभन्दा ठूलो समूह हो । यसैबीच, चेनीले नयाँ कोरोनाभाइरसको प्रकोपको केन्द्रबिन्दु हुबे प्रान्तमा मानिसहरूको गतिविधिमा थप कडाइ गरेको छ ।

आपत् परेको बेलाबाहेक छ करोड मानिसलाई घरबाहिर ननिस्कन भनिएको छ भने निजी कारको प्रयोगमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाइएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय