scheduleशनिवार चैत्र २२ गते, २०७६

‘बिग बोस-१३’ का विजेता सिद्धार्थमाथि गम्भीर आरोप, प्रेमिकालाई एसिड प्रहार गर्ने धम्की दिन्थे

एजेन्सी, ५ फाल्गुन । ‘बिग बोस-११’ की विजेता शिल्पा शिन्देले सिद्धार्थ शुक्लामाथि सनसनीपूर्ण आरोप लगाएकी छन् ।

शिल्पाले बिग बोस १३ को फिनालेपूर्व सिद्धार्थसँग डेट गरेको बताएकी थिइन् । सिद्धार्थसँग उनको सम्बन्ध निकै समस्यापूर्ण रहेको थियो । सिद्धार्थले गाली गलौज र कुटपिट गर्ने गरेको शिल्पाको आरोप छ ।

Dish_Home

शिल्पाले सिद्धार्थसँग गरेको कुराकानीको एक अडियो पनि बाहिर आएको छ । उक्त अडियोमा सिद्धार्थले शिल्पालाई गाली गरेका थिए । ‘बिग बोस-१३’ को विजेता बनिसकेका सिद्धार्थबारे शिल्पाले अर्को खुलासा पनि गरेकी छन् ।

अभिनेत्री शिल्पाले एक अन्तर्वातामा सिद्धार्थले आफूलाई एसिड प्रहार गर्ने धम्की दिएको बताएकी छन् । उनले सिद्धार्थसँगको आफ्नो सम्बन्धबारे कुरा गर्दै भनिन्- ‘सिद्धार्थ पोजेसिव (नियन्त्रण गर्ने खालका) थिए । हामी सम्बन्धमा रहेका बेला फोन नउठाउँदा उनले गाली गर्थे र आपत्तिजनक टिप्पणी गर्थे ।’

‘तर सिद्धार्थको फोन बन्द भएका बेला मैले उनलाई प्रश्न सोध्थेँ । अनि उनले मलाई थप्पड हान्थे र गाली गर्थे’, शिल्पाले भनिन्, ‘तर म चुप लागेर बस्दैनथेँ । मैले प्रहरीसमक्ष उजुरी पनि दिएकी छु किनभने उनले भन्थे- मलाई छोड्यौं भने अनुहारमा एसिड फ्याँकिदिन्छु, मैले तिमीलाई बर्बाद गर्दिन्छु । ममाथि निकै हिंसा र कुटपिट भएको छ ।’

सिद्धार्थको व्यवहारबारे उनकी आमासँग पनि कुरा गरेको शिल्पाले खुलासा गरिन् । ‘मैले सिद्धार्थकी आमालाई पनि यसबारे बताएकी थिएँ’, उनले भनिन्, ‘आमासँग यो कुरालाई अगाडि बढाउने बताएकी थिएँ । म कसैसँग पनि डराउँदिन र सिद्धार्थलाई सम्झाउन र यस्तो कुरा बन्द हुनुपर्ने भनेकी थिएँ ।’

‘बिग बोस-१३’ को उपाधि जितेपछि सिद्धार्थको वास्तविकता किन बाहिर ल्याउनु भयो भनेर सोधिएको प्रश्नमा ‘आफूले सिद्धार्थ जस्ता व्यक्तिले बिग बोस १३ नजितून्, योग्य व्यक्तिले जितून्’ भन्ने आफ्नो चाहना रहेको शिल्पाको जवाफ थियो ।

त्यस्तै शिल्पाले यदि मेकर्स र बिग बोसको क्रियटिभ टिमले सिद्धार्थ जस्ता व्यक्तिलाई विजेताको उपाधि दिए भने आफूले ‘बिग बोस -११’ को ट्रफी फिर्ता गर्न तयार रहेको पनि बताइन् ।

तर शिल्पाको सनसनीपूर्ण आरोपबारे हालसम्म सिद्धार्थले कुनै प्रतिक्रिया दिएका छैनन् । स्मरणीय छ, सिद्धार्थको नाम अन्य टिभी अभिनेत्रीसँग पनि जोडिँदै आएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय