scheduleबिहिवार चैत्र २७ गते, २०७६

कबड्डीमा भारतलाई हराउँदै पाकिस्तान बन्यो विश्व च्याम्पियन

एजेन्सी, ५ फाल्गुन ।  कबड्डीमा भारतलाई हराउँदै पाकिस्तान पहिलो पटक विश्व च्याम्पियन बनेको छ ।

पाकिस्तानको लाहोर स्टेडियममा आइतबार भएको निकै प्रतिस्पर्धात्मक फाइनलमा भारत पराजित भएको हो । भारतीय टोलीलाई पाकिस्तानी टोलीले ४३-४१ अंकले हराएको हो । योसँगै आयोजक राष्ट्र पाकिस्तान पहिलो पटक विश्व च्याम्पियन बनेको हो ।

Dish_Home

टस जितेर पाकिस्तानले पहिला रेड गर्ने निर्णय गरेको थियो । सुरुमा भारतले अग्रता लिएको थियो । तर खेलको अन्त्यतिर भारतमाथि पाकिस्तान हावी भएको थियो ।

पाकिस्तानले इरानलाई र भारतले अष्ट्रेलियालाई हराउँदै फाइनलमा प्रवेश गरेका थिए । पहिलो पटक कबड्डीको अन्तर्राष्ट्रिय प्रतियोगिता पाकिस्तानमा भएको हो । यसअघिका सबै प्रतियोगिता भारतमा भएका थिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय