scheduleशनिवार चैत्र २२ गते, २०७६

‘टर्कीले भारतमा घृणा फैलाउने योजना बनाइरहेको छ’

एजेन्सी, ५ फाल्गुन ।  भारतीय खुफिया एजेन्सीहरूले त्यहाँको गृहमन्त्रालयसमक्ष हालै एक रिपोर्ट पेश गरेका छन् ।

गृहमन्त्रालयसमक्ष खुफिया एजेन्सीले पठाएको उक्त रिपोर्टमा टर्कीले जिहादी इस्लामिक संगठनमार्फत् भारतमा घृणा फैलाउने षडयन्त्र गरिरहेको उल्लेख गरिएको छ ।

Dish_Home

रिपोर्टमा टर्कीका इस्लामिक संगठनले भारतका मौलवी र इस्लामसँग जोडिएका व्यक्तिलाई भारतमा मुसलमान सुरक्षित छैनन् र उनीहरूलाई हिन्दूबाट खतरा छ भनेर भड्काइरहेको उल्लेख गरिएको छ ।

भारतीय समाचार माध्यम जी न्युजका अनुसार पछिल्ला केही महिनायता भारतीय मौलवी र इस्लामका ज्ञाताहरू टर्की गइरहेका छन् । टर्कीमा बोलाएर उनीहरूलाई इस्लामिक कानुन शरियासम्बन्धी प्रशिक्षण दिइएको समाचारमा बताइएको छ । प्रशिक्षणका क्रममा मौलवी र इस्लामका ज्ञाताहरूलाई भारत उनीहरूका लागि सुरक्षित नभएको भनिएको पनि समाचारमा उल्लेख छ ।

खुफिया एजेन्सीबाट प्राप्त सूचनालाई भारत सरकारले गम्भीरताका साथ लिएको र टर्कीसँग निकट मानिएका र भारतमा घृणा फैलाइरहेका भनिएका सबै संगठनमाथि कडा निगरानी गरिएको समाचारमा उल्लेख छ ।

जी न्युजले टर्की दियानेट फाउन्डेशन जस्ता संस्थाले पछिल्लो समय भारत र नेपाल जस्ता मुलुकका मौलवी र इस्लामका ज्ञाताहरूलाई टर्कीको भ्रमण गराइरहेको पनि बताएको छ । टर्की दियानेट फाउन्डेशन टर्की सरकारको डाइरेक्टरेट अफ रिलिजिअस अफेयर्स(धार्मिक मामिला निर्देशनालय) को एक अंग हो ।

स्मरणीय छ, पछिल्लो समय भारत र टर्कीबीच विभिन्न विषयमा मतान्तर देखिँदै आएको छ । टर्की केही समययता भारतविरुद्ध आक्रामक रुपमा प्रस्तुत भइरहेको छ ।

केही दिन अघि पाकिस्तानको भ्रमण गरेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले कश्मीरको मुद्दा उठाएका थिए ।

एर्दोगानले भ्रमणका क्रममा कश्मीर मामिलामा टर्की सधैँ पाकिस्तानको साथमा उभिने प्रस्ट पारेका थिए । उनले पाकिस्तानी संसदलाई सम्बोधन गर्दै ‘टर्कीले यसै हप्ता पेरिसमा एफएटिएफको ग्रे लिस्टबाट बाहिर आउनका लागि पाकिस्तानले गरिरहेको प्रयासको समर्थन गर्ने बताएका थिए ।

भारतले एर्दोगानको भनाइप्रति आपत्ति जनाउँदै कश्मीर भारतको आन्तरिक मामिला भएको र यससम्बन्धमा अन्य मुलुकले गर्ने हस्तक्षेप अस्वीकार्य हुने बताएको थियो ।

 

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय