scheduleबिहिवार चैत्र २७ गते, २०७६

आईसीसीको नयाँ वरियतामा करण र सन्दीपको प्रगति


काठमाडौं, ५ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नयाँ टि-ट्वान्टी वरियतामा तीव्र गतिका बलर करण केसी र स्पिनर सन्दीप लामिछानेले केही प्रगति गरेका छन् ।

सोमबार आईसीसीले सार्वजनिक गरेको नयाँ टि-ट्वान्टी वरियतामा बलिङतर्फ स्पिनर सन्दीप लामिछानेले एक स्थान सुधार गर्दै ८४ औं स्थानमा रहेका छन् । करणले अलराउन्डरतर्फ एक स्थान सुधार गर्दै ७४ औं स्थानमा रहेका छन् ।

अलराउन्डरतर्फ सोमपाल ६६ र पारस खड्का २७ औं स्थानमा यथावत रहँदा पारस पनि ब्याटिङतर्फ ६२ औं स्थानमा यथावत छन् ।

Dish_Home

इंग्ल्यान्डका कप्तान इओन मोर्गन ९ औं स्थानमा उक्लिँदा भारतीय कप्तान विराट कोहली १० औं स्थानमा झरेका छन् । ब्याटिङतर्फ पाकिस्तानका ओपनर बाबर आजम शीर्ष स्थानमा छन् भने भारतीय लोकेश राहुल दोस्रो तेस्रो स्थानमा अस्ट्रेलिया कप्तान आरोन फिन्च रहेको पुगेको आईसीसीको नयाँ वरियता सूचिमा उल्लेख छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय