scheduleशनिवार चैत्र २२ गते, २०७६

निर्भयाकाण्डः दोषीविरुद्ध तेस्रो पटक ‘डेथ वारेन्ट’ जारी, के भन्छिन् पीडितकी आमा ?

एजेन्सी, ५ फाल्गुन । दिल्लीको पटियाला हाउस कोर्टले सोमबार निर्भया सामूहिक बलात्कार र हत्याकाण्डका दोषीविरुद्ध नयाँ ‘डेथ वारेन्ट’ जारी गरेको छ ।

अदालतले सामूहिक बलात्कारका ४ जना दोषीविरुद्ध नयाँ  ‘डेथ वारेन्ट’ जारी गरेको हो । अदालतको ‘डेथ वारेन्ट’ अनुसार चारैजनालाई मार्च ३ गते बिहान ६ बजे फाँसी दिइने छ । चारैजनालाई ८ वर्षअघि दिल्लीमा भएको एक बलात्कारपछिको हत्या काण्डमा फाँसी दिन लागिएको हो ।

Dish_Home

अदालतको आदेशपछि निर्भयाकी आमाले भनिन् -‘ म त्यति खुसी छैन किनकि तेस्रो पटक डेथ वारेन्ट जारी गरिएको छ । हामीले अहिलेसम्म निकै संघर्ष गरेका छौं । तर दोषीलाई मार्च ३ मा नै फाँसी दिने आशा गरेको छु ।’

सन् २०१२ डिसेम्बर १६ गते वर्षीया ज्योति सिंहमाथि सामूहिक बलात्कार भएको थियो । आफ्ना साथी अविन्द्र प्रताप पाण्डेसँगै फिल्म हेरेर फर्किने क्रममा उनलाई एक समूहले बलात्कार गरेको थियो । बलात्कार भएको १३ दिनपछि सिंहको मृत्यु भएको थियो ।

ज्योति र अविन्द्र राति ९ः४५ बजे बस चढेर घर फर्कँदै गर्दा बसमा रहेका ४ जनाले ज्योतिलाई बलात्कार गरेका थिए । बस चढेपछि बसमा रहेका ४ जनासँग अविन्द्रको भनाभन भएको थियो ।

भनाभनपछि अविन्द्रलाई उक्त समूह (दोषीहरु) ले कुटेर बेहोस बनाएका थिए । त्यसपछि ज्योतिलाई बसको पछाडि लगेर सामूहिक बलात्कार गरेका थिए ।

अभियुक्तहरूले बेहोसका ज्योति र अविन्द्रलाई चलिरहेको बसबाट बाहिर सडकमा फालेका थिए ।

उक्त घटनामा गम्भीर घाइते भएका अविन्द्र भने बाँच्न सफल भएका थिए तर उपचारका क्रममा ज्योतिको मृत्यु भएको थियो ।

 

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय