scheduleआइतवार चैत्र २३ गते, २०७६

पेट्रोलियम पर्दार्थको मूल्य घट्यो

काठमाडौं, ५ फागुन । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले घटेको छ।

Dish_Home

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०८ रुपैयाँ पर्नेछ। यसअघि ११० रुपैयाँ थियो। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय