scheduleमगलवार चैत्र २५ गते, २०७६

सम्भोगपछि यस्ता कुराहरु सोच्छन् युवतीहरु (१० बुँदासहित)

सेक्स जीवनको महत्वपूर्ण भाग हो र प्रायः सबै यौन सम्पर्कबारे धेरै कुरा सोच्ने गर्दछन् । तर के तपाईंले एक पुरुषको दृष्टिबाट यौन सम्पर्कपछि महिलाले के सोच्लान् भनेर सोच्नु भएको छ ? अथवा उनीहरुको मनमा के चलिरहेको हुन्छ भनेर ?

उनीहरु तपाईंकै बारेमा सोचिरहेका पनि हुन सक्छन् अथवा दिमागमा अरु नै कुराहरु पनि चलिरहेको हुन सक्छ । यौन सम्पर्कबाट उनी सन्तुष्ट भइन् कि भइनन् ? यदि तपाई यस्ता धेरै प्रश्नहरुको उत्तर जान्न चाहनुहुन्छ भने यहाँ त्यसबारे केही जानकारीहरु प्रस्तुत गरिएको छ …

Dish_Home

१. तिर्खा लाग्यो

यौन सम्पर्कपछि कयौं महिलाहरुले पिउने कुरा सम्झन्छन् । उनीहरुलाई प्रायः पिउनु ठिक हुन्छ कि हुँदैन भन्ने कुरा त्यतिबेला वास्ता गर्दैनन् ।

२. भोक लाग्यो !

सेक्सको क्रममा धेरै शक्ति खर्च भएको हुन्छ । यसर्थ, यस्तो पनि हुन सक्छ कि यौन सम्पर्क पछि तपाईंको पार्टनर केही खानेकुराको अपेक्षा गरिरहेकी हुनसक्छिन् । सेक्सको क्रममा क्यालोरी खपत हुन्छ र पेटमा मुसा दौडन थाल्छ ।

३. एकदम राम्रो भयो

सेक्सपछि तपाईको पार्टनरले आनन्द प्राप्त गरिन् भने उनले तपाईको बारे सकारात्मक कुराहरु सोच्न थाल्छिन् । उनले यस्तै युवक जीवनमा सधैं आइदिओस् भन्ने चाहना पनि राख्छिन् । यद्यपि, उनीहरुले यस्तो कुरा उनीहरुको कुराकानी वा हाउभाउबाट प्रकट गर्नैपर्छ भन्ने छैन । साँच्चै भन्ने हो भने तपाईको पार्टनर तपाईंलाई यस्तो कुराको जानकारी नै दिन चाहँदिनन् ।

४. खेल एकदमै छिटो खत्तम भयो

महिला पार्टनरलाई सेक्सको क्रममा टाइमिङको सवालमा एकदमै अपेक्षा हुन्छ तपाईबाट । यदि यो खेलमा तपाईं उत्तीर्ण हुन सक्नुभएन भने उनी तपाईंसँग निराश हुन सक्छिन् । उनको मष्तिष्कमा तपाईंबारे नकरात्मक कुराहरु भरिन थाल्छन् ।

५. मलाई खुसी छ कि यो काम सकियो !

कयौं महिलाहरुले यौन सम्पर्कलाई पनि एउटा कामकै रुपमा लिन्छन् । काम सकिएपछि उनीहरु आफ्नो अन्य काममा जान चाहन्छन् । तर, पुरुषको ध्यान विकेन्द्रित नहोस् भनेर उनीहरुले यस्तो हाउभाउ देखाउँदैनन् ।

६. मैले त विश्वास नै गर्न सकिरहेको छैन …

कयौंपटक महिलाहरुलाई यकिन गर्न गाह्रो हुन्छ कि उनीहरुले भर्खरै सेक्स गरे । यस्तो खासगरी दुईवटा अवस्थामा हुन्छ । पहिलो, जब सेक्स गर्ने दुवैजना पहिलोपटक यो काम गरिरहेका छन् । दोस्रो, जब महिलाको चाहनाविपरित तपाईले यौन सम्पर्क गर्न बाध्य बनाउनुभयो ।

७. के म उसको लागि ठिक थिएँ ?

शारीरिक सम्पर्कपछि कयौं महिलाहरुको मनमा यस्तो प्रश्न उब्जने गर्दछ । उनीहरुको दिमागमा के मैले मेरो पार्टनरलाई सन्तुष्ट बनाउन सकेँ त भन्ने प्रश्न पैदा हुन्छ ।

८. के उसले मलाई अझै प्रेम गर्दछ ?

कयौं महिलाहरु यौन सम्पर्कपछि पहिलेजत्तिकै प्रेम उक्त पुरुषले गर्छ कि गर्दैन भन्ने कुरामा असाध्यै डर मान्छन् र मनमा शंका पाल्न सुरु गर्दछन् ।

९. हे भगवान! मैले यो के गरेँ ?
यदि कुनै युवतीले आफ्नो पति वा केटासाथीलाई धोका दिई यौन सम्पर्क गर्दै छिन् भने उनको मष्तिष्कमा अनौठा र भयसहितका प्रश्न उब्जन थाल्छन् । उनीहरुको मष्तिष्कमा भगवान! मैले यो के गरेँ, अब के हुन्छ ? यस्तो हुनबाट मैले आफूलाई किन रोक्न सकिनँ भन्ने प्रश्न पनि उठ्ने गर्दछ ।

१०. के हामी फेरि पनि गर्न सक्छौं ?

कयौंपटक महिला पार्टनर यौन सम्पर्कबाट यति सन्तुष्ट हुन्छिन् कि उनी तत्काल दोस्रो पटकको लागि सोच्न थाल्छिन् । दोस्रो पटक दोहोर्‍याउनको लागि उनी आफ्नो पार्टनरको नारी छाम्न थाल्छिन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय