scheduleशनिवार चैत्र २२ गते, २०७६

यौनलाई सधैं किन पर्दा पछाडि राखियो ?

होली विलियम्स

सेक्स अथवा यौन सम्बन्ध मानिसको आवश्यकता र कमजोरी दुवै हो । यसको अनुपस्थितिमा न त मानिसको नस्ल वृद्धि हुनसक्छ न त मानिसको भावनात्मक र शारीरिक आवश्यकता पूरा हुन सक्छ । यसको बावजुद पनि यौनलाई हरेक समय हौवाको विषय बनाइयो ।

यसलाई निजी काम सम्झिएर पर्दाको पछाडि लुकाएर राख्ने प्रयास गरियो । शारीरिकरुपमा एक आपसमा नजिक आउने चाहना केवल पुरुष र महिला बीचको मात्रै चाहना हुन्छ भन्ने पनि होइन । यो त समान लिंगबीचको पनि सवाल हुनसक्छ ।

Dish_Home

तर, यस्तो प्रकारको चाहनाको सामान्यतः विरोध गर्ने गरिन्छ । भारतमा आज पनि समलैंगिक सम्बन्धलाई सम्पूर्णरुपमा मान्यता दिइएको छैन । समलैंगिक सम्बन्धलाई अपराध मानेर सजायँ दिने कुरा पनि गरिन्छ ।

बेलायतमा समलैंगिक सम्बन्धलाई कानुनी मान्यता दिइएको छ । तर पछिल्लो शताब्दीको सत्तरीको दशकसम्म यसलाई अपराध नै मानिन्थ्यो । महारानी भिक्टोरियाको कार्यकालमा त यसलाई यति ठूलो अपराध मानिन्थ्यो कि समलैंगिक सम्बन्ध बनाउनेलाई मृत्यूदण्डको सजायँ दिने गरिएको थियो ।

एउटा समय थियो जब इंगल्याण्ड र वेल्समा सोडोमी वा पुरुष-पुरुषबीचको शारीरिक सम्बन्ध राख्ने चलन थियो । तर, समाजमा भने यसलाई अपराधको दर्जा दिइन्थ्यो । उनीहरुलाई सजायँ भनेको सिधै मृत्यूदण्ड हुने गर्दथ्यो । तर १८६१ मा यस्तो सजायँ दिने व्यवस्था खारेज गरियो र १९६७ मा राजीखुसीमा समलैगिक सम्बन्ध बनाउने कामलाई अपराधभन्दा बाहिर राखियो ।

तर, उक्त समयमा यौन सम्बन्धी चाहनालाई क्यानभासमा एकदमै उतारियो । अहिले लण्डनको चर्चित आर्ट ग्यालरी टेट ब्रिटेनमा समलैंगिक सम्बन्धलाई संकेत गर्ने प्रदर्शनी नै गरिएको थियो । जसलाई क्वीर ब्रिटिश आर्ट नाम दिइएको थियो । उक्त प्रदर्शनीमा समलैंगिक सम्बन्धलाई झल्काउने कलाकृतिलाई प्रदर्शन गरिएको थियो । प्रदर्शनमा पछिल्लो एक शताब्दीको कामलाई देखाइएको थियो ।

उक्त प्रदर्शनीमा पुरानो जमानाका चर्चित कलाकार साइमयोन सोलोमनका कयौं कलाकृतिहरु राखिएको थियो । सोलोमनले बनाएका स्केचमा १९औं शताब्दीका समलैंगिक सम्बन्ध र भावनाको सुन्दर प्रस्तुती गरिएको छ । दबिएकै भावना किन नहोस्, त्यतिबेला पनि मानिसहरु समलैंगिक सम्बन्धको चाहना राख्दथे र व्यक्त गर्दथे । काम भने लुकेरै गरिएको किन नहोस् ।

प्रदर्शनीमा लगिएको सोलोमनको १८६५ मा बनाइएको एक पेन्टिंग छ । त्यसको नाम हो ‘विटनेस दा ब्राइड, दा ब्राइड ग्रूम ऐंड सैड लव’ । उक्त पेन्टिंगमा एउटा यस्तो मानिसको सम्बन्ध देखाइएको छ, जसको चाहना समलैंगिक सम्बन्धमा छ । तर, उसलाई समाजमा मान्यताप्राप्त विवाहजस्तो बन्धनमा बाँधिएको छ । उक्त तस्बिरमा तपाई वरले बधुतर्फ चुम्बनको लागि प्रयत्नरत देख्न सक्नुहुन्छ ।

मतलब उनीहरु एउटा नयाँ जीवनको सुरुवातको लागि तयार छन् । त्यहीँ तपाईले देख्नसक्नुहुन्छ, उसको एउटा हात पछाडितर्फ छ जहाँ एक युवक पंखा लगाएर उदास भावभंगीमा उभिएको छ । ऊ त्यो युवक हो जुन वरको पहिलो प्रेम हो र जोसँग उसले जीवन बिताउन चाहन्छ । तर समाजमा उक्त सम्बन्ध मान्य हुन सक्दैन, त्यसैले उसले चाहना नभए पनि आफ्नो समलैंगिक साथीलाई छाड्नु परिरहेको छ ।

उसलाई पछाडिबाट जसले पंखा चलाइरहेको छ, यो तस्बिरको अर्थ हो, मौका मिलेमा उनीहरु आफ्नो जीवनको अनौठो सम्बन्धमा नयाँ उडान भर्न चाहन्छन् । यो तस्बिरमा असफल प्रेम सम्बन्ध कामवासना दुवैलाई एकसाथ देख्न सकिन्छ ।

यो तस्बिर त्यतिबेलाको समयमा पनि सबैको लागि थिए । यो त कसैको निजी कला संग्रहको हिस्सा थियो । यसलाई अहिलेको समयमा पनि प्रकट गर्न सकिन्छ । सोलोमन अत्यधिक फेशनएवल र मुख्यधारासँग जोडिएका कलाकार थिए । उनको कामलाई भिक्टोरियन आर्टको साथसाथै रोयल एकेडेमीमा पनि स्थान प्राप्त भएको थियो ।

सोलोमनले आम मानिसको लागि जुन तस्बिरहर बनाए, त्यो खास मानिसहरुको लागि बनाइएको तस्बिरभन्दा फरक थियो । यद्यपि त्यसमा पनि समलैंगिकताको इशारा गरिएको थियो तर, यतिधेरै प्रकटरुपमा थिएन । उनले तस्बिरमा गरेका संकेतलाई गहिरोगरी हेर्दा मात्र बुझ्न सकिन्छ । सिमोनले महिला-महिलाबीच हुने समलैंगिक भावनालाई पनि आफ्नो कलामा अभिव्यक्त गरेका छन् । तर, उनले यसलाई अश्लिलताको दायराबाट बाहिरै राखेका छन् ।

सोलोमनलाई उनको समयको नामी कलाकारको रुपमा चिनिन्थ्यो । हरेक प्रख्यात आर्ट ग्यालरीमा उनको कलाको प्रदर्शनी हुने गर्दथ्यो । उनले आफ्नो तस्बिरमा जस्तो प्रकारको हाउभाउ प्रस्तुत गर्दथे, त्यसलाई सिधै यौन सम्बन्धसँग जोडेर हेर्न कठिन हुने गर्दथ्यो ।

यसकारण खुलेर उनको कहिल्यै विरोध भएन । तर मानिसहरु उनको भावलाई उक्त समयको चिन्तासँग जोडेर हेर्ने गर्दथे । यदि कसैलाई उनको कलाले भावनामा चोट पुगेको जस्तो लागे पनि उनीहरु केवल आफ्नै अनुहारमा असन्तोष व्यक्त गर्न मात्र सक्थे ।

आफ्नो कलाका कारण पूरै संसारमा समलैंगिकता, प्रकृति र शारीरिक सुन्दरताको विवरण पस्कने सोलोमनलाई उनी आफै समलैंगिक रहेको बताइन्छ । १८७३ मा उनलाई एक सार्वजनिक शौचालयमा एक पुरुषसँग पक्राउ गरिएको थियो । यसको लागि उनलाई १०० पाउन्ड जरिवाना तिर्नुपरेको थियो ।

उक्त घटनाको ठीक एक वर्षपछि उनलाई पेरिसको अर्को शौचालयमा अभद्र तरिकाले कसैलाई छोएको आरोपमा गिरफ्तार गरिएको थियो र उनलाई ती वर्षको जेल सजायँ भयो । यसबाट सोलोमनका करिअर सम्पूर्णरुपमा ध्वस्त भएको थियो । उनलाई केही समयको लागि त पागलखानामै राखिएको समेत बताइन्छ । र, बाँकी जीवन उनले रक्सीलाई साथी बनाएर बिताइदिए ।

जीवनको आखिरी यात्रातिर उनीसँग फुटेको कौडी पनि थिएन । तर यी सबैको बावजुद पनि सोलोमिनले आर्ट बनाउने कामलाई निरन्तरता दिए । उनको मृत्यूपछि फ्रेडरिक होलियरले सोलोमनले बनाएका तस्बिरहरुलाई ओस्कर वाइल्ड र वाल्टर पिटरजस्ता प्रख्यात लेखकलाई बेचिदिए ।

ती कलाहरुमा छुपेका त्यस्ता रहस्यहरु उद्घाटन गर्ने प्रयास गरिन्छ जसलाई यसअघि कसैले पनि थाहा पाएको हुँदैन । कलाकारको आत्मकथा उनीहरुको कामसँग जोडेर सुनाउनु एउटा रोचक अनुभव हुन्छ । कहिलेकाँही यस्ता कामहरुबाट यस्तो रहस्यको उद्घाटन हुन्छ जुन नयाँ प्रकाश जस्तै उज्यालो हुन्छ । कहिलेकाँही यस्तो कामले अप्ठेराहरु पनि निम्त्याउँछन् । तर, कुल मिलाउँदा कला र कलाकारलाई जान्ने र बुझ्ने यो एकदमै प्रभावकारी मञ्च हो ।

प्रदर्शनीमा केवल सोलोमन मात्र होइन डेभिड होकने र फ्रैंसिस बेकन, ओस्कर वाइल्ड र ब्लूमसबरी ग्रुपको कलालाई पनि प्रदर्शन गरिएको थियो । यो सबै कामबाट फरक फरक समयमा समाजमा समलैंगिकताको बारेमा विद्यमान सामाजिक बुझाई र अवस्थाबारे अवगत गराउने उद्देश्य राखिएको थियो ।

यी सबैमा सोलोमनको काम एकदमै फरक छ । यसमा सोलोमन समलैंगिक हुनाले उनी कसरी समाजबाट अलगथलग भए भन्ने कुरा प्रस्तुत गरिएको छ । उनको जीवन एक्लोपनाद्वारा ग्रसित भयो । सोलोमनका पेन्टिंग्स हेर्नेहरुले उनको दुःखको साझेदार बन्न सक्छन् ।

  • बीबीसी हिन्दीबाट भावानुवाद गरिएको

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय