scheduleबिहिवार चैत्र २७ गते, २०७६

च्याम्पियन्स लिगः लिभरपुल पराजित

काठमाडौँ, ७ फाल्गुन । गएराति भएको च्याम्पियन्स लिगकाे अन्तिम १६ काे खेलमा लिभरपुल स्पेनिस क्लब एट्लेटिको मड्रिड १-० गोलले पराजित भएको छ । पहिलो लेगमा एट्लेटिकोको घरेलु मैदानमा भएको खेलमा साउल निगुइजले खेलको चौथो मिनेटमा नै गोल गर्दै अग्रता दिलाएका थिए ।

खेलको पहिलो हाफमा लिभरपुलमाथि एट्लेटिको हाबी देखिएको थियो । गएको सिजनको च्याम्पियन्स लिगको उपाधि जितेको लिभरपुल एट्लेटिकोले पराजित गर्न सफल भएको हो ।

Dish_Home

तर, दोस्रो हाफमा लिभरपुलले उत्कृष्ट खेल खेलेको थियो ।

तर, गोल गर्न भने सकेन ।

दोस्रो लेग भने लिभरपुलको घरेलु मैदानमा हुनेछ ।

उक्त खेलमा लिभरपुलले सानदार कमव्याक गर्ने अपेक्षा गरिएको छ । लिभरपुल आफ्नो घरेलु मैदानमा अपराजित रहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय