scheduleबिहिवार चैत्र २० गते, २०७६

नेयमारको पिएसजी पराजित

काठमाडौँ, ७ फाल्गुन । गएराति भएको च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा बोरुसिया डोर्टमण्डले पिएसजीलाई २-१ गोलले पराजित गर्न सफल भएको छ । बोरुसियाको घरेलु मैदानमा भएको खेलमा अरलिङ हाल्याण्डले दुई गोल गरेका थिए भने पिएसजीका लागि एकमात्र गोल नेयमारले गरेका थिए ।

पहिलो हाफमा कुनै पक्षबाट गोल हुन सकेन । दोस्रो हाफ भने रोमाञ्चक बनेको थियो । दोस्रो हाफको ६९ औँ मिनेटमा डोर्टमण्डका लागि हाल्याण्डले गोल गर्दै अग्रता दिलाए ।

Dish_Home

तर, खेलको ७५ औँ मिनेटमा नेयमारले पिएसजीका लागि बराबरी गोल फर्काए । तीन मिनेट लगत्तै हाल्याण्डले गोल गर्दै डोर्टमण्डलाई पुनः अग्रता दिलाएका थिए ।

पहिलो लेगमा पिएसजीले अवे गोल गर्न सफल भएको छ । दोस्रो लेग अब पिएसजीको घरेलु मैदानमा हुनेछ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय