रिपोर्ट भन्छ- साउदी तेल कम्पनीमा हमला गर्ने ड्रोन इरानमा बनेको हो
एजेन्सी, ७ असोज । गत भदौमा साउदीका २ वटा प्रशोधन केन्द्रमाथि हमला गर्ने ड्रोन इरानमा बनेको एक अनुसन्धानले देखाएको छ ।
कन्फ्लिक्ट आर्मामेन्ट रिसर्चले गरेको अनुसन्धानबाट अराम्को तेल कम्पनीका २ वटा प्रशोधन केन्द्रमा इरानमा बनाइएका ड्रोनबाट हमला गरिएको खुलेको हो ।
रिपोर्ट अनुसार हमलामा संलग्न ड्रोनका पार्टपुर्जाहरू इरानमा बनाइएको हो । अमेरिकासहित पश्चिमा राष्ट्रले गत सेप्टेम्बरम महिनामा भएको हमलामा इरानको हात रहेको बताउँदै आएका छन् ।
अमेरिकाले तेल कम्पनीमा क्षति पुग्ने गरी भएको आक्रमणमा इरानको भूमिका रहेको भन्दै स्याटलाट तस्बिर समेत सार्वजनिक गरेको थियो । उक्त हमलामा इरानको हात रहेको र यसबारे तथ्य आफूसँग सुरक्षित रहेको अमेरिकी दाबी थियो ।
तर इरानले भने शनिबारको ड्रोन हमलामा आफ्नो कुनै संलग्नता नभएको बताउँदै आएको छ ।
ड्रोन हमलाको जिम्मा यमनका हुथी विद्रोहीले लिएका थिए । तर हुथी विद्रोहीले आक्रमणको जिम्मेवारी लिएपनि अमेरिकासहित पश्चिमा मुलुकले त्यस्तो दाबीलाई अस्वीकार गरिरहेका छन् ।