scheduleबिहिवार चैत्र २० गते, २०७६

प्रथम कर्णाली जैविक कृषि सम्मेलन शुरु

वीरेन्द्रनगर, ७ फागुन । कर्णाली प्रदेशमा पहिलोपटक प्रथम कर्णाली जैविक कृषि सम्मेलन २०७६ शुरु भएको छ । कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा पहिलोपटक उक्त सम्मेलन शुरु भएको हो । जैविक कृषि प्रविधिको अवलम्बन, अवसर, चुनौती, नीति तथा भावी कार्यदिशा विषयमा व्यापक छलफल हुनेछ ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, पूर्व गृहमन्त्री जनार्दन शर्मा, २ नं प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह, राष्ट्रियसभा सदस्य विमला राई पौडेल, कर्णाली प्रदेशका मन्त्रीहरु, कर्णाली प्रदेश योजना आयोगका पदाधिकारी, प्रदेशसभाका सदस्यहरु, कर्णाली प्रदेशका स्थानीय तहका प्रमुख\प्रतिनिधि, प्रदेशका जिल्ला समन्वय समितिका प्रमुखहरु, सङ्घीय सरकारका प्रतिनिधि, कर्मचारी, कृषक, विभिन्न विज्ञको सहभागिता रहेको प्रवक्ता पण्डितले बताए । रासस

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय