scheduleबिहिवार चैत्र २७ गते, २०७६

विहेको हल्ला चल्दा निकै रमाइलो लाग्छः आलिया भट्ट

एजेन्सी, ७ फाल्गुन । बलिउड अभिनेत्री आलिया भट्ट र रणबीर कपुरको जोडीबारे पछिल्लो समय निकै चर्चा भइरहेको छ ।

आलिया र रणबीरलाई छिट्टैनै फिल्म ‘ब्रम्हास्त्र’ मा देखिन पाइनेछ । तर फिल्ममा मात्रै होइन, अन्य अवसरमा पनि दुबैजना सँगै देखिँदै आएका छन् । दुबैजनाको विहे हुन लागेको हल्ला पनि बेलाबेला हुने गर्छ ।

Dish_Home

यसैबीच आलिया र रणबीरले यही वर्ष डिसेम्बरममा विहे गर्न लागेको हल्ला चलेको छ । पछिल्लो पटक चलाइएका हल्लाबारे आलियाले पुनः मुख खोलेकी छन् । उनले आफ्नो र रणबीरको विहे हुने भनेर हल्ला चल्दा रमाइलो लाग्ने बताइन् ।

जुम टिभीलाई दिएको एक अन्तर्वातामा आलियाले बेलाबेला हल्ला चल्दा आफूलाई रमाइलो लाग्न बताइन् ।

अन्तर्वातामा आलियाले भनिन्- ‘मलाई अहिले के हल्ला चलेको छ भनेर थाहा छैन । ३/३ हप्तामा विहेको कुनै न कुनै हल्ला चल्छ । यस्तो हल्ला चल्दा मलाई निकै रमाइलो लाग्छ । आजभोली यही हल्ला सुन्दा नै सबैभन्दा रमाइलो लाग्छ ।’

यता आलियाका बाबु महेश भट्टले पनि रणबीर र आफ्नी छोरीको विहे हुने हल्लाबारे बेलाबेला मुख खोल्ने गर्छन् ।

‘हो, दुबैजना प्रेममा छन् । मलाई रणबीर निकै मन पर्छ । उनी एक असल मान्छे हुन् । उनले आफ्नो सम्बन्धबारे के गर्नुपर्छ भनेर आफै थाहा पाउनुपर्छ । के उनी विहेतर्फ लम्किरहेका छन् ?  यसबारे एक्काइसौं शताब्दीको दोस्रो दशकमा कुराकानी गर्नु पर्ने देखिन्छ’, महेश भट्टले हालै भने ।

आलिया र रणबीर अभिनित फिल्म ‘ब्रम्हास्त्र आगामी डिसेम्बर २० मा रिलिज हुँदैछ । यस फिल्ममा बलिउडका महानायक अमिताभ बच्चन पनि देखिने छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय