scheduleबिहिवार चैत्र २७ गते, २०७६

राष्ट्रवादमा नाजी र हिटलरको गन्ध आउँछः आरएसएस प्रमुख भागवत

एजेन्सी, ८ फाल्गुन । भारतको राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का प्रमुख मोहन भागवतले राष्ट्रवादको मुद्दाबारे महत्वपूर्ण बयान दिएका छन् ।

भागवतले राष्ट्रवाद जस्तो शब्दमा नाजी र हिटलरको झल्को आउने बताएका छन् । झारखण्डको राजधानी राँचीमा आयोजित एक कार्यक्रममा बोल्दै आएएसएस प्रमुख भागवतले यस्तो बताएका हुन् ।

Dish_Home

उक्त कार्यक्रममा बोल्दै भागवतले आरएसएसको विस्तार देशको लागि भएको पनि बताए । भारतलाई विश्वगुरू बनाउने लक्ष्य आरएसएसको रहेको उनको भनाइ थियो ।

त्यस्तै आरएसएस प्रमुख भागवतले राष्ट्रवाद जस्तो शब्दलाई प्रयोग गर्न नहुने पनि बताए । राष्ट्रवाद नाजी र हिटलरसँग जोडिने, फासीवादको गन्ध आउने र यसको सट्टा राष्ट्र वा राष्ट्रिय जस्ता शब्दलाई प्रमुखताका साथ प्रयोग गर्नुपर्ने उनले बताए । हाल विश्वमा आईएसआईएस, कट्टरपन्थ र जलवायु परिवर्तनको मुद्दा ठूलो चुनौतीको रुपमा देखिएको पनि उनको भनाइ छ ।

विकसित मुलुकले आफ्नो व्यापार हरेक मुलुकमा विस्तार गर्न चाहने र यसका लागि आफ्ना शर्त थोपर्ने गरेको पनि बताए । हाल विश्वमा देखिएका प्रमुख समस्यालाई समाधान गर्नमा भारतले महत्वपूर्ण भूमिका निभाउन सक्ने भन्दै भारतले विश्वको नेतृत्व गर्ने सोच बनाउनुपर्ने उनको भनाइ थियो । देशभित्रको एकताका आधार फरक भए पनि उद्देश्य समान रहेको र राष्ट्रिय एकता नै वास्तविक शक्ति भएको पनि उनले बताए ।

‘आरएसएस हिन्दुत्वको एजेन्डा लिएर अघि बढ्छ’

राँचीमा आयोजित कार्यक्रममा भागवतले हिन्दुत्वको विषयमा पनि बोलेका थिए । ‘हिन्दू’ शब्दबाट भारतले आफूलाई बाँकी विश्वसामु पेश गर्न सक्ने उनको भनाइ थियो । देशमा विभिन्न धर्मावलम्बी भए पनि हरेक व्यक्तिलाई जोड्ने शब्द ‘हिन्दू’ भएको उनको तर्क थियो । यही शब्दले नै देशको संस्कृतिलाई विश्वसामु दर्शाउन सकिने उनको विचार थियो ।

साथै आरएसएसलाई देशभर विस्तार गरिने र हिन्दुत्वको एजेन्डालाई लिएर अघि बढ्ने भावगतले बताए । हिन्दुत्वको मुद्दाले नै देशलाई एक सूत्रमा बाध्ने उनको भनाइ छ ।

सबैले मावनतासँगै जीवन जिउन सिक्नुपर्ने र यसका लागि देशलाई माया गर्नुपर्ने पनि भागवतले बताए । आरएसएसका कार्यकर्तालाई यही ज्ञान दिने पनि उनले बताए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय