scheduleआइतवार चैत्र २३ गते, २०७६

९ जनाको ज्यान जाने गरी हुक्का बारमा गोली चलाउने व्यक्ति आफ्नै घरमा मृत भेटिए

एजेन्सी, ८ फाल्गुन । जर्मनीको हानाउ शहरमा गोली प्रहार गरिएका भनिएका संदिग्ध व्यक्ति आफ्नै घरमा मृत फेला परेका छन् ।

हानाउ शहरस्थित २ वटा बारभित्र र बाहिर गोली चलाएका भनिएका ती व्यक्ति आफ्नै घरमा बिहीबार मृत फेला परेको प्रहरीले जनाएको छ । सोही स्थानमा अर्को एक शव पनि फेला परेको प्रहरीको भनाइ छ ।

Dish_Home

बुधबार २ वटा हुक्का बार (शिशा लाउन्ज) मा ती संदिग्धले गोली चलाउँदा ९ जनाको ज्यान गएको थियो । प्रहरीले संदिग्ध व्यक्तिबारे कुनै विवरण उपलब्ध गराएको छैन । साथै घटनामा अन्य व्यक्तिको संलग्नता भएको कुनै प्रमाण फेला नपरेको पनि बताइएको छ ।

मृत भेटिएका संदिग्ध व्यक्तिले बारमा गोली चलाउनुको कारण र उनको मृत्यु हुनुको कारणबारे पनि केही खुलाइएको छैन ।

बुधबार राति १० बजे दुबै गोलीकाण्ड भएको हानाउ शहर फ्र्याङ्कफर्टदेखि २५ किलोमिटर पूर्वमा पर्छ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार पहिलो गोलीकाण्ड मध्य हानाउस्थित एउटा बारमा भएको थियो । दोस्रो घटना हनाउकै केसेल्सटाटस्थित अर्को बारमा भएको थियो। गोली लागेर ज्यान गुमाउनको संख्या ९ पुगेको समाचारमा उल्लेख छ ।

घटनालगत्तै दुवै घटनास्थललाई प्रहरीले घेरा हालेका थिए भने हवाई गस्ती पनि गरिएको थियो ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय